भीमफेदी । मकवानपुरको भीमफेदी गाउँपालिकाले घर घरमा झन्डा सुत्केरी लाई अन्डा अभियान सुरु गरेको छ। गर्भवती महिला र बच्चाको स्वास्थ सुरक्षालाई मध्यनजर गर्दै यो अभियान सुरु गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले बताईन् ।
आइतबार भीमफेदी गाउँपालिकाको वडा नम्बर ७ कोगटे मा रहेको सिर्जनशिल महिला बचत तथा ऋण सहकारी संस्थाको जेष्ठ नागरिक तथा एकल महिला सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले गर्भवती हुँदाको अवस्थामा महिलाको शरिरमा पौष्टिक आहार नपुग्ने र जसले गर्दा आमा र बच्चा दुबै अस्वस्थ हुने भन्दै गर्भवती महिला भएको घरमा हरियो रंङको झन्डा राख्ने र उक्त घरमा प्रती महिना एक क्रेट अन्डा उपलब्ध गराउने गाउँपालिको अभियान रहेको बताईन् ।
त्यस्तै सुत्केरी भइसके पछी स्वास्थ्य संस्थाले दिने नियमित सुत्केरी भत्तामा दुई हजार थप गरि सुत्केरी भत्ता दिने समेतको अभियान पनि गाउँपालिकाले सुरु गरेको बताईन् । महिला स्वास्थ सुरक्षाको लागि यो प्रयास सार्थक बन्न सक्ने गाउँपालिकाको उपाध्यक्ष रानाको भनाई छ । महिला सशक्तीकरणको लागि महिला उद्धमशिलता,बचत र सहकारी बाट गरिने कारोबार लाई उच्च प्राथमिकतामा राखेर आफुहरु महिला सहकारीलाई बलियो बनाउन प्रतिबद्ध रहेको उपाध्यक्ष रानाको भनाई छ ।








