सांकेतिक तस्विर
हेटौंडा। हेटौंडा-४ फरेष्टी गेटनजिक सडकपेटीमा बेहोस अवस्थामा फेलापारी उद्धार गरि उपचारका लागि अस्पताल लगिएका व्यक्तिको मृत्यु भएको छ।
सोमबार बिहान बेहोस अवस्थामा फेला पारी उपचारका लागि हेटौंडा अस्पताल लगिएका मकवानपुर गढी-७ बस्ने ४० बर्षीय ज्ञानेन्द्र घिमिरेको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताएका छन । घिमिरेलाई वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टको प्रहरी टोलीले बेहोस अवस्थामा फेलापारी उपचारको लागि हेटौंडा अस्पताल पठाएको थियो ।
उनको शव हेटौंडा अस्पतालमा राखिएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।








