सांकेतिक तस्विर
हेटौंडा । हेटौंडामा नातिको बन्चरो प्रहारबाट हजुरआमाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-१७ दियालो दमारका ९० वर्षीया कान्छीमाया गुरूङ रहेकी छिन् ।
शुक्रबार दिउँसो ४ बजे घरको आँगनमा बसिरहेको बेला गुरूङलाई आफ्नै नाति २२ वर्षीया आकाश गुरूङले बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । बन्चरो प्रहारबाट घाइते गुरूङको उपचारको कममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
बन्चरो प्रहार गर्ने आकाशलाई पक्राउ गरिएको प्रवक्ता रिमालले बताए । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।








