नवलपुर । नवलपुर देवचुलीका युवाहरु कोरोना संक्रमणबाट बच्ने र बचाउने अभियानमा जुटेका छन । बसन्त पोख्रेलको संयोजनमा जिल्लाको देवचुली नगरपालिकाका युवाहरुले खेम शर्मा काफ्ले स्मृती प्रतिष्ठान नै संचालन गरी कोभिडका र स्वास्थ्यका लागि आवस्यक पर्ने सामाग्रिहरु नगरपालिकालाई प्रदान गर्ने अभियानका साथ लागेका हुन ।
पोख्रेलको संयोजनमा संस्थापना भएको उक्त खेम शर्मा काफ्ले स्मृती प्रतिष्ठानले “अक्सिजन बैंक” समेत स्थापना गरेको छ । यो संगै युवाहरुले आर्थिक सहयोग संकलन गरि देवचुली नगरपालिकाको स्वास्थ्य शाखालाई बुधवार स्वास्थ्य सामाग्रि सहित हाललाई दशवटा अक्सीजन ग्यास सिलिण्डर हस्तान्तरण गरेको छ । खेम शर्मा काफ्ले स्मृती प्रतिष्ठानका संयोजक बसन्त पोख्रेलले दिएको जानकारी अनुसार ग्यारेज तथा वर्कशपमा रहेका खालि सिलिण्डरलाई अक्सीजन भरेर नगरपालिकालाई हस्तान्तरण गरेको बताए ।
अक्सीजन ग्यास संगै १० वटा वेडलाई आवस्यक पर्ने अक्सीजनका लागि आवस्यक पर्ने सामाग्रि , माक्स र अन्य स्वास्थ्य सामाग्रिहरु नगरपालिकालाई हस्तान्तरण गरेको बताए । बुधवार नगरपालिकाको परिसरमा आयोजना गरिएको अक्सीजन प्रदान कार्यक्रममा नगरका प्रमुख पुर्णकुमार श्रेष्ठले युवाहरुले संचालन गरेको यो अभियान वर्तमान अवस्थामा अति आवस्यक र महत्वपुर्ण रहेको भन्दै यो अभियान निरन्तर संञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।
उहाले नगरपालिकाले कोभिडको समयमा कोरोना संक्रमितहरुका लागि नगरपालिकाले स्वास्थ्य सेवा निरन्तर प्रदान गर्ने बताउनुभयो । स्वास्थ्य सामाग्रि हस्तान्तरणका कार्यक्रममा नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, नगरपालिकाका प्रवक्ता क्यप्टेन डिलबहादुर खत्री, कार्यकारी अधिकृत गोविन्द सिग्देल, स्वास्थ्य शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।








