चितवन । स्वास्थ्य कार्यालय चितवनले जिल्लाका ६ पालिकालाई ५० वटा मेडिकल वेड हस्तान्तरण गरेको छ । भरतपुर महानगर र पाँच वटा नगरपालिकालाई मेडिकल वेड, तन्ना, कम्बल र सिरानी हस्तान्तरण गरेको हो । पालिकाहरुलाई आइसोलेसन केन्द्र स्थापना गर्न सहयोग पुग्ने उद्देश्यले वेडहरु हस्तान्तरण गरिएको हो ।
आज बिहीबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको उपस्थितिमा भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकालाई कार्यालय प्रमुख दिपक तिवारीले ती सामाग्री हस्तान्तरण गर्नुभयो ।
कार्यालयलाई स्वास्थ्य मन्त्रालयबाट प्राप्त ती सामाग्रीहरु महानगरपालिकालाई २५ थान, रत्ननगर, खैरहनी, कालिका, राप्ती र माडी नगरपालिकालाई ५/५ थान हस्तान्तरण गरिएको कार्यालयका प्रशासकीय अधिकृत शिब शर्मा पौडेलले कान्तिपुर हेल्थलाई जानकारी दिनुभयो ।








