चितवन । चितवन प्रशासनले निषेधाज्ञा समय थप गर्ने भएको छ । पहिलो चरणको निषेधाज्ञाले कोरोना नियन्त्रण नभएपछि पुन दुईहप्ता निशेधाज्ञा थप गर्न लागिएको हो । जिल्लामा कोरोना संक्रमण र मृत्युदर हुने क्रम बढेकोले निशषाधाज्ञा थप्नु परेको सहायक जिल्ला प्रमुख अधिकारी राम बहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार पहिलो निशेधाज्ञा बैशाख ३१ गतेसम्म लागु गरिएको थियो भने दोस्रोपटक जेष्ठ १३ गतेसम्म थपिने छ । पछिल्लो समय, संक्रमित दर र मृत्युदर पनि बढ्यो एकैपटक दुईसाता थप्दा केही न्यूनिकरण हुन्छ भन्ने हाम्रो अनुमान छ । जिल्लामा निशेधाज्ञा केही खुकुलो जस्तो देखिएकोले थप कडाई गरिने उनले जानकारी दिए ।
‘अब आउने निशेधाज्ञाको मोडालिटी फरक कडा हुन्छ । ’शाहीले भने ।








