• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

भरतपुर अस्पताललाई एक्सपर्टले दियो ४ लाखको अक्सिजन सहितको सिलिण्डर

  •   आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजन सहयोग गरेको छ । आज (आइतबार) अस्पतालमै पुगेर एक्सपर्टले करिब ४ लाख रुपैयाँ बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी र लेखा प्रमुख किरन पौडेलले सो अक्सिजन अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त प्रमुख सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारीलाई हस्तान्तरण गरे ।

    अहिलेको महामारीमा मात्र नभई दिर्घकालिन रुपमा अस्पताललाई सहयोग पुगोस् भन्ने हेतुले अक्सिजनसहितको सिलिण्डर खरिद गरि अस्पताललाई सहयोग गरिएको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ‘अहिले अक्सिजन नपाएर अस्पतालमा बिरामी भर्न हुन कठिनाई भइरहेको समाचारहरु आउँदा निकै दुःख लागेको छ’ प्रवन्ध निर्देशक अधिकारीले भने ‘यस्तो बेला हामीले सकेको अक्सिजन सहयोग गरेका हौँ ।’ उनले भरतपुर–१ रामनगरमा रहेको स्वर्गद्धारी ग्यास उद्योगबाट अक्सिजन सिलिण्डर खरिद गरी भरतपुर अस्पतालमा सहयोग गरिएको बताए ।

    ‘सरकारी अस्पतालमा विपन्नदेखि सबैप्रकारका परिवारका बिरामीहरुको उपचार हुन्छ, सामान्यस्तरका जनता अक्सिजन नपाएर मर्न नपरोस् भनेर सहयोगलाई अगाडि बढाएका हौँ ।’ प्रवन्ध निर्देशक अधिकारीले हस्तान्तरण गरिएको सिलिण्डरमा पुनः एक पटक रिफिलको खर्च पनि एक्सपर्टले नै व्यहोर्ने जानकारी दिए । अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले एक्सपर्टले गरेको यो सहयोग अतुलनीय रहेको बताए ।

    ‘यस्तो महामारीको बेला एक्सपर्टले अक्सिजनसहितको सिलिण्डर नै सहयोग गर्नु ठूलो कुरा हो, यसले अस्पतालमा भर्ना भएका बिरामी अक्सिजन नपाएर कुनै समस्या व्यहोर्न पर्दैन’–डा.अधिकारीले भने । उनले आगामि दिनमा अझै एक्सपर्टबाट यस्तै सहयोगको अपेक्षा गरे । यस्तै अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारीले अहिलेको बेला सिलिण्डर पाउनै मुश्किल भएको बेला एक्सपर्टले सहयोग गर्नु सह्रानिय कार्य भएको बताए ।

    उनले सिलिण्डरसंगै रिफिलको व्यवस्था समेत गरेकाले एक्सर्टलाई धन्यवाद व्यक्त गरे । सो कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो ।

    अष्ट्रेलिया लगायत वैदेशिक शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श गर्दै आइरहेको एक्सर्टले शैक्षिक क्षेत्रसंगै सामाजिक क्षेत्रमा पनि योगदान दिँदै आइरहेको छ । विभिन्न समयमा आइपर्ने विपत्को बेलामा एक्सपर्टले नगदसंगै विभिन्न सहयोगहरु गर्दै आइरहेको छ ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.