हेटौंडा । स्वरुप परिवर्तन गरी मकवानपुरमा निषेधाज्ञा जारी भएको आज चौथो दिन हो । स्वरुप परिवर्तन गरी जारी गरीएको निषेधाज्ञामा मंगलबार र शुक्रबार दुई दिन बिहान ५ बजेदेखि ८ बजेसम्म हेटौंडा बजारका खाद्यान्न,दुध डेरी,फलफूल पसल,किराना पसल खोल्ने अनुमति दिइएको छ।
यसै क्रममा आज मंगलबार बिहान हेटौंडामा दैनिक उपभोग्य सामान किन्न मानिसको भिडभाड रहेको थियो। बिहान ८ बजे सम्म उपभोग्य सामान खरिद गर्न सर्वसाधारणलाई छुट गरिएकोले किराना,खाद्यान्न विक्री वितरण गर्ने पसल,तरकारी तथा फलफूल पसल अगाडी भिडभाड देखिन्थ्थो। यसै क्रममा अनुगमनका निस्किएका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले हेटौंडा-४ पारिजातपथमा रहेको एउटा मार्टको कागजपत्र नियन्त्रणमा लिएका छन।
तोकिएको समय भन्दा पछि पनि खुलेको पाइएकोले सिडिओ आफैले साथी मार्टको कागजपत्र नियन्त्रणमा लिएका छन। भिडभाड गरेर तोकिएको समय भन्दा बढी पसल खोलेकोले कागजपत्र नियन्त्रणमा लिएको बताउदै कार्वाही गरिने पाण्डेले बताए। यता मार्टका संचालकले बन्द गरेको पसल सरकारको उच्च अधिकारीको श्रीमती बताउनेे एक महिलाले आएर खोल्न दवाव दिएकोले खोलेको आरोप लगाए।
यता जिल्ला प्रशासन कार्यालयले मंगलबार र शुक्रबार बिहान १० बजेबाट १ बजेसम्म बैंक तथा वित्तीय संस्था खोल्न अनुमति दिइएको छ।








