• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

एनआरएन मोजाम्विक अफ्रिकाद्वारा अक्सीजन सिलिण्डर प्रदान

  •   मङ्गलबार, जेठ ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपुरको रजहरमा रहेको प्राकृतिक सामुदायिक अस्पतालमा कोभिड विरामीलाई उपचार सहयोगार्थ गैर आवासीय नेपाल संघ मोजाम्बिक अफ्रिकाले दश थान अक्सिजन सहित सिलिण्डर प्रदान गरेको छ । गैर आवासीय संघ मोजाम्विककी अध्यक्ष देवी पौडेलको पहलमा त्यहां कार्यरत नेपालीले संकलन गरेको २ लाख ५ लागतमा उक्त सामाग्री अस्पताल व्यवश्थापन टिमलाई हस्तान्तरण गरेको हो ।

    अक्सिजनको अभावले धेरै नेपालीको अकाल्मै मृत्यु भएको खवरले पिरोलिएपछि केही भएपनि टेवा पुगोस भन्ने हेतुले सहयोग गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । साउथ अफ्रिकाको मोजाम्विकमा नेपालीहरु न्यून करिव २५ जना मात्रै रहेका छन । रजहर फारममा माईती घर रहेका पौडेल मोजाम्विकको एक वहुराष्ट्रिय कम्पनीको पुर्व मार्केटिङ्ग प्रमुख र उनका श्रीमान अर्का वहुराष्ट्रिय कम्पनीका कन्ट्रि डिरेक्टर हुन् ।

    एन आर एन अफ्रिकाले मातृभूमिमा अक्सिजन सहयोग अभियान थालनी गरि कैलाली, नेपालगंज, पाल्पा, गुल्मी, स्याङ्जा, चितवन, बारा, पर्शा, नवलपरासी पश्चिम र नवलपुर गरि १० जिल्लालाई ४ सय ५० थान अक्सिजन ग्यांस सिलिण्डर प्रदान गरेको छ । यस अभियान एन आर एन दक्षिण अफ्रिकाका संयोजक रोशन थापाको अगुवाईमा अध्यक्ष पौडेल सहित नाइजेरियाका हिकमत थापा, कङ्गोका अध्यक्ष अमृत क्षेत्री, एन सिसिका वन्दना प्रजापती, वासुदेव घिमिरे, राजकुमार पाल्पाली वस्याल, प्रभा वस्याल लगायत कृयाशिल रहेका छन् ।

    यसैविच अक्सिजन सिलिण्डर ग्रहण पश्चात सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्त बहादुर क्षेत्रीले आफ्नै रोजगारीको अनिश्चित भएको विश्वकै जटिल परिस्थितिमा पनि आफ्नो मातृभूमिलाई सम्झेर सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

    अस्पताल समितिकै अगुवाईमा सञ्चालन गर्ने तयारी
    अघिल्लो पटक झण्डै दुई हजार कोरोनाका विरामीलाई शत प्रतिशत निको पारी उदाहरणीय बनेको रजहरको प्राकृति सामुदायिक अस्पताल सञ्चालन गर्ने विषयमा सरकारी स्तरबाट चासो नदेखाए पछि अस्पताल व्यवश्थापन टिमले नै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

    अस्पताल सञ्चालन गर्न समुदायको व्यापक दवाव र आग्रह अनुसार नागरिक स्तरबाटै सहयोग जुटाएर भएपनि अस्पताल सञ्चालनको तयारीमा रहेको अस्पताल सञ्चालक समितिका सन्त बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

    अस्पतालको मंगलबार बसेको बैठकले अस्पताललाई आवश्यक जनशक्ति परिपुर्ति गर्न छनौट समिति, आर्थिक समिति र सरोकारवालाहरुसंग समन्वय गर्न ३ वटा समिति गठन गरेको अस्पतालका सुपरिटेन्डेण्ट डा विनोद पौडेलले जानकारी दिनुभयो । एक्सरे मेसिन, ल्याव निर्माणका लागि करिव २५ लाख जति बजेट भयो भने तत्काल अस्पताल सञ्चालन गर्न सकिने व्यवश्थापक हरि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

    व्यवश्थापक सापकोटा र अस्पतालका सुपरिटेन्डेन्ट डा विनोद पौडेलले उपचार सेवामा खट्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभएको छ । अस्पतालमा २ सय ५० वेड क्षमता रहेको अस्पतालमा कोभिडको विरामी उपचार गर्न तयारीका लागि गत महिना नै सम्पूर्ण अन्य विरामीको उपचार सेवा बन्द गरेको थियो ।

     

     

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.