चितवन । साईराम डेन्टल केयर, चितवनले जिल्ला प्रहरी कार्यालय चितवनलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । आज डेन्टल केयरका डा.सन्जिव बराल,डा.अजय न्यौपाने, डाक्टर सरु न्यौपाने र डा.सरोज थापाको टीमले कार्यालयमा गएर उक्त सामाग्री सहयोग गरेका हुन् ।
अग्रपंक्तिमा खटिने प्रहरीलाई कोभिडको जोखिम कम होस भन्ने हेतुले स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
डेन्टल केयरको टीमले ५० पिस सेनिटाइजर ४०प्याकेट सर्जिकल मास्क प्रदान गरेको कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सुर्य बहादुर थापाले जानकारी दिए ।








