• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

बैशाख महिनामा चितवनमा सवारी दुर्घटनामा बृद्धि , मानवीय क्षति कम

  •   बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा आर्थिक बर्ष ०७७, ०७८ को चैत्र महिनाको तुलनामा बैशाख महिनामा सवारी दुर्घटनामा बृद्धि भएको छ । बैशाख महिनाको दोस्रो सातादेखि निशेधाज्ञा जारी भएपनि सवारी दुर्घटनामा भने कमी आएको छैन । जिल्ला ट्राफिक कार्यालय, चितवनका अनुसार चैत्र महिनामा ३९वटा सवारीसाधन दुर्घटनामा परेका थिए तर बैशाख महिनामा यो संख्या बढेर ४१ वटा सवारीसाधन दुर्घटनामा परेका छन । चैत्र महिनामा भएका दुर्घटनामा २६ जनाको मृत्यु भएको थियो भने ६३ जना घाईते भएका थिए । यसैगरी बैशाख महिनामा ४५ जना घाईते भएका थिए भने १२ जनाको मृत्यु भएको छ ।

    कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले निशेधाज्ञा भएपनि बिशेषगरी बेलुकाको समयमा दुईपांँग्रे र निर्माणसामाग्री ढुवानीका सवारीसाधनको लापरवाहीका कारण चैत्र महिनाको तुलनामा बैशाख महिनामा दुर्घटना बढेको बताए । ‘बेलुकाको समय लापरवाही तरीकाले सवारी साधन चलाउने पनि बढी भए ।

    निर्माणसामाग्री बोक्ने सवारीसाधनको गति पनि तीब्र छ ।’ उनले भने । निशेधाज्ञाको समयमा अत्यावश्यक ढुवानी गर्ने सवारी साधनको समेत लापरवाही र तीब्र गतिका कारण दुर्घटना बढेको थापाको भनाई छ ।

    सबैभन्दा बढी मृत्यु भित्री सडकमा

    चितवनमा भएका सवारी दुर्घटनामा सबै भन्दा बढी भित्री सडकमा भएको पाईएको छ । कार्यालयको तथ्यांक अनुसार चैत्र महिनामा भित्री सडकमा सवारी दुर्घटना हुंँदा १३ जनाको मृत्यु भएको थियो भने ३६ जना घाईते भएका थिए । यस्तै बैशाख महिनामा भित्री सडकमा १७ वटा सवारीसाधन दुर्घटना हुंँदा ७ जनाको मृत्यु भएको थियो भने १७ जना घाईते भएका थिए ।

    कार्यालयका अनुसार चैत्र महिनामा पूर्वपश्चिम लोकमार्गमा १० वटा सवारी दुर्घटना हुंँदा ४ जनाको मृत्यु भएको थियो भने १२ जना घाईते भएका थिए । बैशाख महिनामा ८ वटा सवारी दुर्घटना भएकोमा २ जनाको मृत्यु भएको थियो भने ११ जना घाईते भएका थिए । यस्तै चैत्र महिनामा नारायणगढ मुग्लिन सडकमा ३ वटा सवारी दुर्घटना हुंँदा २ जनाको मृत्यु भएको थियो भने ६ जना घाईते भएका थिए ।

    चैत्र महिनामा शहरी सडकखण्डमा ४ वटा सवारी दुर्घटना हुंँदा १ जनाको मृत्यु भएको थियो भने ६ जना घाईते भएका थिए । तर पृथ्वी राजमार्गमा चैत्र महिनामा कुनै दुर्घटना भएको छैन तर बैशाख महिनामा यस राजमार्गमा २ वटा दुर्घटना हुंँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन ।
    कार्यालयका प्रमुख थापाले मुख्य सडकमा भन्दा बढी भित्री सडकमा लापरवाही तरीकाले सवारीसाधन चलाउंँदा दुर्घटना र मृत्यु बढेको बताए । ‘भित्री सडकमा लापरवाही बढी भएको देखेका छौं उनले भने, भित्री र ग्रामीण सडकमा ट्राफिक प्रहरीको पहुंँच पनि कम छ । जनशक्ति पनि कम छ ।’

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.