चितवन । भरतपुर अस्पतालले कोभिड उपचारलाई प्रभावकारी बनाउन हेल्थडेक्स सञ्चालनमा ल्याएको छ । चौबीसै घण्टा नै सञ्चालन हुने गरी हेल्थडेक्स सञ्चालनमा ल्याईएको हो ।
अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार अस्पतालमा बेड खाली भए नभएको बुझ्न, कोभिड आईसियू, एचडियू लगायत बिरामीको अवस्थाबारे जानकारी लिन हेल्थडेक्स सञ्चालनमा ल्याईएको हो ।
हेल्थडेक्सबाट उपचाररत बिरामीको अवस्था स्वास्थ्यकर्मीमाझ समन्वयको काम पनि हुनेछ ।








