गैँडाकोट । गैँडाकोट ११ का युवा व्यवसायि अञ्जित रेग्मीले गैँडाकोट नगरअस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । वडासदस्य गुप्तप्रसाद रेग्मीका छोरा अञ्जितले आफ्नो आस्था छोरी तीन महिना पुगेको विशेष अवसरमा सामाग्री सहयोग गर्नुभएको अस्पतालका सूचना अधिकारी माधव आचर्याले जानकारी दिनुभयो ।
अस्पताललाई १० थान पल्स अक्सिमिटर, २ हजार थान सर्जिकल मास्क हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा अस्पतालका प्रमुुख इन्द्र शर्मा, अस्पताल विकास समितिका उपाध्यक्ष शेषकान्त देवकोटा, सदस्य वावुराम पराजुली, देवकला वराल, प्रकाश न्यौपाने लगायतको उपस्थिती रहेको आचार्यले जानकारी दिनुभयो ।








