चितवन । चिवनमा आज एकैदिन ५२ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यलय चितवनले दिएको जानाकारी अनुसार पछील्लो चौबिस घण्टामा चितवनका ५२ जना कोरोना भाईरस संक्रमण मुक्त भएका हुन् ।
यो संगै चितवनमा कोरोना जितेर घर फर्कनेको संख्या ७ हजार ६९१ पुगेको छ । त्यस्तै चितवनमा पछील्लो चौबिस घण्टामा १४१ जना कोरोना संक्रमित थपिएका छन् । यो सगै जिल्ला भर कोरोना संक्रमितको कुल संख्या १२ हजार ६१७ पुगेको छ । जिल्लामा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ । जिल्लामा सकृया संक्रमितको संख्या ४ हजार ७३१ पुगेको छ ।
जसमध्ये ४५१७ जना होम आईसियुलेसन बसेका छन् भने १९९ जनाको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । १५ जना पब्लिक आईसियुलेसन बसेका छन् ।








