चितवन । प्रतिबन्धित तयारी जालको प्रयोग गरि नारायणी नदिमा माछा मार्ने २४ जना पक्राउ परेका छन। भरतपुर महानगरपालिका २६ स्थिति भगेरीथानबाट सोमबार राती ३ बजेको समयमा निजहरुलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।
पक्राउ परेकाहरु साथ बाट २ क्विन्टल माछा र माछा ओसारपसार गर्न प्रयोग गरिएको ना. ४ च नम्बरको एउटा बोलेरो ना. ३३ प ८८१९ र बा. ३-००२ प ३४२४ नम्बरका २ वटा स्कुटर समेत बरामद गरिएको छ । निजहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु सरक्षण ऐन २०२९ बमोजिम मुद्धा लगाई कानुनी कारबाही गरिने छ ।
उनीहरूलाई अहिले भरतपुर महानगरपालिका २६ का वडाध्यक्ष र उपभोक्ता समितिको रहोबर राखिएको छ । अब निजहरुको पिसिआर परिक्षण गरे पछि कसरा ल्याइने अधिकृत बराल ले बताए।









