हेटौंडा । श्रीमतीको हत्या गरेर जंगलमा शव फाल्ने हेटौंडाको एक जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका १० न्युरेनी स्थित भुटनदेवी सामुदायिक जंगलमा वेवारिसे अवस्थामा आइतवार दिउसो १२ बजेर ५० मिनेटमा महिलाको लाश फेला पर्यो ।
उक्त लाश सोहि स्थानकी अन्दाजी वर्ष ४२ की सुनिता थापा मगरको रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । मगरको हत्याको प्रारम्भिक अनुसन्धानमा उनका श्रीमान बारा जिल्ला निजगढ नगरपालिका घर भई हाल हेटौंडा वडा नं १० स्थित सडक छेउको टहरामा बस्ने वर्ष ५४ को माइला भन्ने कृष्ण बहादुर मोक्तानले हत्या गरेको खुल्न आएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
मोक्तानले टहरा भित्र वादविवाद हुदाँ कुटपिट गरि हत्या गरेर न्युरेनी स्थित भुटनदेवी सामुदायिक जंगलमा फालेको हुन् । मोक्तानलाई हेटौंडा वडा नं ८ कमाने स्थितबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।








