नवलपुर । सवारी दुर्घटना न्यूनिकरणकालगि अनलाइन मार्फत प्रशिक्षण प्रदान गरिएको छ । कोभिडको महामारीमा प्रत्यक्ष रुपमा दुर्घटना न्यूनिकरणका कार्यक्रम गर्न नसकिने भएपछी अनलाइन मार्फत प्रशिक्षण प्रदान गरिएको हो ।
रोट्रयाक क्लब कावासोतीको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक नारायण थापाद्धारा प्रशिक्षण प्रदान गर्नु भएको हो । अनलाइन प्रशिक्षण कार्यक्रममा बिभिन्न पेशामा आवद्ध १ सय ७८ जनाको सहभागिता रहेको थियो ।








