चितवन- भोली भरतपुर अस्पतालको ओपीडी सेवा बन्द रहने भएको छ । जेठ १२ गते बुधवार बुद्ध जयन्तीको सार्वजनिक बिदा परेको हुँदा ओपीडी सेवा पनि बन्द रहने एक सुचना जारी गर्दै अस्पतालले जानकारी दिएको हो ।
ओपीडी बाहेकका अन्य सबै सेवाहरु भने २४ घण्टा खुल्ला रहने अस्पतालले जनाएको छ ।








