चितवन । गांँजा मुद्धाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बरका पदम बहादुर तामाड रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्ला अदालत चितवनले २०७७ चैत्र १२ गतेको आदेशले सातवर्ष बर्ष कैद र सत्तरी हजार रुपैयांँ जरिवाना र २८०० रुपैया राहत कोषमा दाखिला गर्नुपर्ने भनि फैसला गरिएकोे थियो तर उनी सो समयबाट फरार भएका थिए ।
उनको खोजी गर्ने क्रममा भरतपुर महानगरपालिका वडा नम्बर २४ बस्ने पदम तामाङलाई मंगललबार प्रहरीले पक्राउ गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालत मार्फत कारागार कार्यालय भरतपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।








