चितवन । व्यवसायी श्री उमाशंकर अग्रवालले जिल्ला प्रहरी कार्यालय चितवनलाई खाजा र पानी वितरण गरेका छन् । कोभिड संक्रमण जोखिम न्युनीकरण तथा शान्ति सुरक्षा कायम राख्ने कार्यमा अग्रपङ्तीमा अहोरात्र ड्युटीमा खटिने प्रहरी कर्मचारीहरूलाई थप हौसला प्रदान गर्न अग्रवालले खाजा र पानी हस्तान्तरण गरेका हुन् ।
व्यवसायी अग्रवालले ५० प्याकेट पानी, ८ कार्टुन बिस्कुट, १५ कार्टुन कुरकुरे र ३० कार्टुन चाउचाउ जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीलाई हस्तान्तरण गरेका हुन।








