हेटौंडा । मकवानपुरमा कोरोना महामारी नियन्त्रणको लागि गत बैशाख १९ गते रातीबाट लागु भएको निषेधाज्ञा गएराति बाट जेठ २० गते सम्म जारी रहने भएको छ । जेठ ११ गते बसेको जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोरोनन संकट ब्यवस्थापन केन्द्र मकवानपुरको बैठकले निषेधाज्ञा जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको थियो । आजबाट जारी भएको निषेधाज्ञा थप कडा हुने प्रशासनलले जनाएको छ ।
प्रशासनले बैशाख २० गतेबाट ३१ गते राति १२ बजेसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका,भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । बैशाख ३० गते कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकर्ले मकवानपुरभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । बैठकले ३१ गते राति १२ बजेबाट जेठ १३ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
जेठ ११ गते बसेको कोरोना संकट ब्यवस्थापन केन्द्र मकवानपुरको बैठकले निषेधाज्ञा जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको हो । कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढे संगै संक्रमण जोखिमलाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञालाई जारी राख्दै आएको छ ।








