चितवन । चितवन उद्योग संघ सहित जिल्लास्थित विभिन्न १९ वटा निजी संघ–संस्थाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई संयुक्त ज्ञापन पत्र बुझएका छन् । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निजी क्षेत्रहरुबाट हस्ताक्षर भएर आएको ज्ञापनपत्रलाई सम्बन्धित निकाय समक्ष छिट्टै पु¥याउने बताउनुभयो ।
ज्ञापनपत्रमा पर्याप्त मात्रामा सर्व सुलभ रुपमा कोभिड बिरुद्धको खोपको उपलब्ध हुने गरी खोप आयातमा निजी क्षेत्रलाई प्रोत्साहन सहित अनुमती प्रदान गर्नुपर्ने र आयातका लागि अनुमती प्राप्त संस्थाहरुलाई यथाशिघ्र आयात गर्न सक्ने गरी सहजीकरण तथा समन्वय गरिदिनुपर्ने, अति विपन्न र गरिवीको रेखामुनी रहेका जनतालाई तत्काल निशुल्क खोपको व्यवस्था गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध औद्योगिक प्रतिष्ठानहरुलाई प्रोत्साहन स्वरुप नेपाल सरकारका कर्मचारीहरु सरहको प्राथमिकता दिई निशुल्क खोप लगाउने व्यवस्था गर्नुपर्ने लगायतका मागहरु रहेका छन् ।
ज्ञापनपत्रमा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, निजी अस्पताल समन्वय समितिका अध्यक्ष डा.नारायण सिंह कुँबर, नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा.लोकबहादुर सेढाई, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेल, नेपाल कुखुरा व्यवसायी मञ्च चितवनका अध्यक्ष राजेन्द्र लामिछाने, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईको हस्ताक्षर रहेको थियो ।
त्यस्तै चितवन उद्योग संघका बस्तुगत सदस्यहरु चितवन मेटल ईन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्की, नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष खगेन्द्र सुवेदी, जिल्ला बिउ बिजन समन्वय समितिका अध्यक्ष उमानाथ पौडेल, होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिल कुमार श्रेष्ठ, चितवन मसला उत्पादक संघका अध्यक्ष विक्रम सापकोटा, पश्चिम चितवन मिल व्यवसायी मञ्चका अध्यक्ष छविलाल ढकाल, चितवन नवलपुर सिमेन्ट सामाग्री उद्योग समितिका अध्यक्ष बद्रीप्रसाद चापागाईं, औद्योगिक फिडर आन्तरिक व्यवस्थापन उद्योग समितिका अध्यक्ष अरुण कुमार पिया, चितवन लोकल तेल उत्पादक संघका अध्यक्ष सुदर्शन पौडेल, गार्मेन्ट उद्योग संघका अध्यक्ष सन्तोष कुमार पाण्डे, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष ज्योति कँडेलको समेत हस्ताक्षर रहेको थियो ।
ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराई, संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल उपाध्यक्ष युग राज वस्ती, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।








