• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

कोरोना माहामारीमा डब्लु.डब्लु.जे चितवनले गर्यो महिला पत्रकारहरुसग अन्तरक्रिया

  •   शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। कोरोना महामारीले निम्त्याएको असहज परिस्थतीमा जिल्लाका पत्रकार महिलाहरुको अवस्थाबारे बुझ्न क्रियाशील पत्रकार महिला चितवन (डब्लु.डब्लु.जे चितवन)ले शुक्रबार भर्चुअल अन्तरक्रिया गरेको छ । फ्रन्टलाइनमा बसेर काम गर्ने पत्रकारहरुका लागि परिस्थती जटिल बन्दै गएकाले पत्रकार महिलाहरुको अवस्था बुझ्नका लागि कार्यक्रम गरिएको कार्यक्रम संयोजक एवम् डब्लु.डब्लु.जे चितवनका उपाध्यक्ष सरिता पौडेलले बताउनुभयो ।

    एक महिना देखिको लकडाउनले सबैको दैनिकी अस्तव्यस्त बनेको अवस्थामा पत्रकार महिलाहरुमा परिवार र कर्मक्षेत्रको दोहोरो जिम्मेवारी थप जटिल बनेको सहभागिहरुले बताए । कतिपय अवस्थामा वर्क फ्रम होम लागु गर्न नसकिने हुँदा फिल्डमा खटिने पत्रकारलाई रोग सार्ने माध्यम भन्दै छरछिमेकले अमानविय व्यवहार गर्ने गुनासो समेत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सृजना अर्यालले कोरोना महामारीको असहज परिस्थितीले देशभरका पत्रकारहरु समस्यामा परेको बताउनुभयो । देशभर ९ सय जना पत्रकार संक्रमित हुनुभएकोमा हाल ४०० बढी सक्रिय संक्रमित रहनुभएको उहाँले जानकारी दिनुभयो ।

    कोरोनाको संक्रमण पछि ज्यान गुमाउने पत्रकारको संख्या १७ पुगेको जसमा एक जना पत्रकार महिला रहनुभएको भन्दै स्वास्थ्य सर्तकता अहिले अत्यावश्यक रहेको उहाँले औल्याउनुभयो । पत्रकारिता मार्फत समाजलाई यथार्थ चित्रण गर्नुपर्ने भएपनि अहिलेको परिवेशमा आफ्नो स्वास्थ्यलाई वेवास्ता गर्न नहुने भन्दै वर्क फर्म होमलाई प्राथमकितामा राख्न सुझाउनुभयो । कार्यक्रममा डब्लु.डब्लु.जे का केन्द्रिय अध्यक्ष निर्मला आचार्यले पत्रकार महिलाहरुको समस्या अभिलेखिकरण गरी आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्न केन्द्रको साथ र सहयोग रहने बताउनुभयो ।

    कार्यक्रममा डब्लु.डब्लु.जे चितवनका सल्लाहकार शान्ता अधिकारीले कोरोनाको नयाँ भेरियन्ट हरेक व्यक्तिमा फरक लक्षण सहित देखा परेकाले सर्तक हुनुको विकल्प नरहेको बताउनुभयो । डब्लु.डब्लु.जे चितवनका संस्थापक एवम् सल्लाहकार प्रतिमा शिलवालले पत्रकार महिलाहरुमा मनोसामाजिक विचलन आउन सक्ने भन्दै परामर्शको खाँचो रहेको औल्याउनुभयो । सो अवसरमा नेपाल पत्रकार महासंघ चितवनले कोरोना महामारीका बेला आवश्यक समन्वय गर्न बनाएको हेल्प डेस्क समितका सदस्य एवम कार्यसमिति सदस्य समिक्षा पुरीले जिल्लामा संक्रमति पत्रकारहरुको बारेमा जानकारी गराउनुभयो ।

    जिल्लामा हाल ३ जना सक्रिय संक्रमित मध्य एक जना डब्लु.डब्लु.जे चितवनका कार्यसमिति सदस्य हुनुहुन्छ । कार्यक्रममा सहभागि मध्य कोरोना संक्रमित तथा लक्षण देखिएपनि पिसिआर परिक्षण नगरी आइसोलेशनमा रहेका पत्रकार महिलाहरुले आफ्ना समस्या राख्नुभयो । कार्यक्रममा डब्लु.डब्लु.जे चितवनका सल्लाहकार अनिता खनाल, नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष अनिता अर्याल, .नेपाल पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य सरिता महतो अपेक्षा लगायतले महामारीका बेला भर्चुअल कार्यक्रमबाटै भएपनि पत्रकार महिलाको भेला गरी अपनत्व भाव जगाउने काम गरेको बताए ।

    पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री वितरण भइरहेपनि महिलालाई अत्यावश्यक पर्ने सेनिटरी प्याड तर्फ ध्यान पुग्न नसकेको अधिकांश सहभागिहरुको भनाई थियो । अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसकै दिन आयोजित अन्र्तक्रियामा सहभागि पत्रकार महिलाहरुले रिर्पोटिङमा खटिने महिलाहरुका लागि सेनिटरी प्याडको खाँचो औल्याए पछि (डब्लु.डब्लु.जे चितवन)ले चितवनका पत्रकार महिलाहरुलाई स्वास्थ्य सामाग्री अन्र्तगत सेनिटरी प्याड वितरण गर्ने निर्णय गरेको छ । सेनिटरी प्याड वितरणका लागि (डब्लु.डब्लु.जे चितवनका सल्लाहकार अनिता खनालले संयोजन गर्ने हुनुभएको छ ।

    जनसम्पर्क समिति बेल्जियमका सभापति भरतपुर १२ की नेतृ सीता सापकोटा र खनालले संयुक्त रुपमा पत्रकार महिलाको लागि सो सामाग्री उपलब्ध गराउने बताउनुभयो । जिल्लामा रहेका विभिन्न मिडियाहरुमा काम गर्ने पत्रकार महिलालाई समेट्ने गरी सहयोग गर्ने खनालले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा सहभागिहरुको सल्लाह र सुझावलाई मनन् गर्दै छिटै मनोपरामर्शको कार्यक्रम सञ्चालन गर्ने तयारीमा जुटेको अध्यक्ष प्रमिता ढकालले बताउनुभयो । कार्यक्रममा २५ जना पत्रकार महिलाको सहभागिता रहेको थियो ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.