• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

निषेधाज्ञामा पनि भरतपुरमा धमाधम बन्दै सभाहल

  •   शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन : जिल्लामा निषेधाज्ञाको अवधिमा पनि सिटीहलको काम भने धमाधम भइरहेको छ । सर्वसाधारण घरभित्रै सीमित हुँदै गर्दा सिटीहलमा कामदार धमाधम काममा जुटेका हुन् । सिटीहल निर्माणको काम हेर्दै आउनुभएका सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जीनियर प्रविन यादव निधेषाज्ञामा पनि काम नरोकिएको बताउनुहुन्छ । निषेधाज्ञा घोषणासँगै केही कामदार कर्मचारी घर गएको भए पनि दैनिक ६० जनाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । निषेधाज्ञाअघि १५० हाराहारी कामदारले काम गरिरहेका थिए । गत पुस ६ गतेबाट शुरु भएको सिटीहलको हालसम्म १६ प्रतिशत काम सम्पन्न भएको छ ।

    सिटीहल निर्माण समयमा नै सक्ने लक्ष्यका साथ काम गरिरहेको उहाँको भनाइ छ । बालुवा, गिट्टी, रड, सिमेन्टजस्ता निर्माण सामग्रीको अभाव नरहेको यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक बिहान ७ देखि राति १० बजेसम्म काम भइरहेको छ । साँझको समयमा बत्ती बालेर पनि काम गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यका साथ आवश्यक सम्पूर्ण सहयोग महानगरले गरिरहेको बताउनुभयो । भरतपुर महानगरपालिका–१ ठिमुरामा क्रसर स्थापना गरेर सबै समयमा काम गर्नका लागि सहजीकरण गरिएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “हामीले तोकेको समयमा काम सम्पन्न गर्नुपर्छ । जे आवश्यक पर्छ सहयोग गर्छाैँ भनेका छौँ ।” यो आयोजना देशकै गौरवको आयोजना भएकाले समयमै सम्पन्न गर्न सबैको साथ र सहयोगको पनि उहाँले अपेक्षा गर्नुभयो । निर्माण कम्पनीले हालसम्म समयमै सक्ने लक्ष्यका साथ काम गरिरहेको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकामा परियोजना पारेर जग्गाको व्यवस्थापन गर्न ठूलो मेहनत परेको भन्दै उहाँले यो गौरवको आयोजना समयमा सम्पन्न गर्न महानगरले सबै खालका सहयोग गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निर्माण परिसरमा कामदार कर्मचारी रहने गरी निषेधाज्ञामा काम गर्न भनिएको जानकारी दिनुभयो । स्थानीय प्रशासनबाट निर्माणको काममा आवश्यक सहजीकरण गरिएको उहाँको भनाइ छ ।

    २७ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी गत वर्षको मङ्सिर १८ गते निर्माण कम्पनी इन्डो सगुन रौताहा जेभीसँग ठेक्का सम्झौता भएको थियो । जेभीका परियोजना प्रमुख श्यामचन्द्र श्रेष्ठले स्थानीय प्रशासनको सहयोगका कारण काम रोक्नु नपरेको बताउनुभयो । भरतपुर महानगरपालिका र जिल्ला प्रशाासन कार्यालयसँग समन्वय गरेर बिहानदेखि साँझ अबेरसम्म काम गरिएको उहाँको भनाइ छ । जिल्ला समन्वयन समितिको भवन पछाडि रहको चार बिघा चार कठ्ठा जग्गामा सरकारको बहुवर्षीय योजनाअन्तर्गत सिटीहल निर्माण भइरहेको हो ।

    दुई हजार जना क्षमताको ठूलो सभाहल तथा ३०० जना क्षमताको सानो हलसहित अति विशिष्टकक्ष निर्माण गरिने छ । मूल्य अभिवृद्धि करबाहेक बोलपत्र रकम रु एक अर्ब छ करोडको रहेकामा रु ७७ करोड ७७ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुईवटा भ¥याङ, दुईवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहनेछन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उहाँले जानकारी दिनुभयो । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुडल्याण्ड, बगँैचा हुनेछ ।

    सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङस्थल रहनेछ । उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सिटीहल देशकै नमूना हुने अर्याल बताउनुहुन्छ । जिल्लामा ठूलो सभाहल नहुँदा महत्वपूर्ण कार्यक्रम हुन सकिरहेको छैन । देशकै मध्यभागमा भएकाले सभाहल बनेसँगै यहाँ ठूला कार्यक्रम हुने अपेक्षा गरिएको छ ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.