• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

महिनावारी स्वच्छता दिवसमा डब्लु.डब्लु.जे चितवनले गर्‍यो सेनिटरी प्याड वितरण

  •   शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको सन्दर्भ पारेर (डब्लु.डब्लु.जे चितवन)ले फ्रन्ट लाइनमा काम गर्ने पत्रकार महिला तथा सुरक्षाकर्मी महिलालाई सेनिटरी प्याड वितरण गरेको छ । मे २८ मा पर्ने महिनावारी स्वच्छता दिवसको अवसरमा जिल्लाका पत्रकार महिलाहरुसंग अन्तरक्रिया गरेको (डब्लु.डब्लु.जे चितवन)ले महिनावारी स्वच्छताबारे सचेतना जगाउन सेनिटरी प्याड वितरण गरेको हो ।

    नेपाली समाजमा महिनावारी संग जोडिएका विभेदपूणर् व्यवहारलाई हटाउँदै महिनावारी सरसफाई र प्रजनन स्वास्थ्यबारे सचेतना जगाउन सांकेतिक कार्यक्रम गरिएको (डब्लु.डब्लु.जे चितवनका अध्यक्ष प्रमिता ढकालले बताइन्  । महिनावारी स्वच्छता दिवसबारे एक दिन समाचार प्रकाशन/ प्रशारण गरेर मात्रै जिम्मेवारी पुरा भएको मान्न नसकिने अवस्थाको समाजमा हामी छौं , अध्यक्ष ढकालले भनिन्,त्यसैले यो एउटा सानो प्रयास हामीले हाम्रै समुह माझबाट सुरु गरेका हौं । सेनिटरी प्याड वितरणका लागि (डब्लु.डब्लु.जे ) चितवनका सल्लाहकार अनिता खनालले संयोजन गरेकीहुन् ।

    हामीले यो कार्यक्रम परिकल्पना गर्दै गर्दा कोरोना महामारीको विषम परिस्थितीमा फिल्डमा अनवरत खटिने सुरक्षाकर्मी महिलालाई समेत महिनावारी स्वच्छता सम्बन्धी जानकारी गराउने सोच बनायौं, संयोजक खनालले बताइन् । महिनावारी भएका बेला निरन्तर लामो समय फिल्डमा खटिँदा सरसफाई र प्रजनन् स्वास्थ्यबारे सचेत हुनैपर्ने उनले जोड दिइन् । सेनिटरी प्याड वितरणका लागि जनसम्पर्क समिति बेल्जियमका सभापति भरतपुर १२ की नेतृ सीता सापकोटा र खनालले आर्थिक स्रोत व्यवस्थापन गरेका हुन् ।

    जिल्लामा नेपाल पत्रकार महासंघ चितवनका सदस्य रहेका साथै क्रियाशील पत्रकार महिला करिव एक सय २० को हाराहारीमा छन् । यस्तै नेपाल प्रहरी, नेपाल आर्मी, शशस्त्र प्रहरी, ट्राफिक प्रहरी गरी करिव १ सय ५० सुरक्षाकर्मी महिला छन् । जिल्लामा रहेका विभिन्न मिडियाहरुमा काम गर्ने पत्रकार महिला तथा सुरक्षाकर्मी सबै महिलालाई समेट्ने गरी सहयोग गर्ने खनालले प्रतिवद्धता व्यक्त गरिन् ।

    शनिवार संस्थाले फिल्डमा खटिएकै अवस्थामा रहेका पत्रकार तथा सुरक्षाकर्मीलाई सेनिटरी प्याड उपलब्ध गराइसकेको र बाँकीलाई आइतबार वितरण गर्ने डब्लु.डब्लु.जे चितवनकी उपाध्यक्ष सरिता पौडेलले बताइन् । एक पटक वितरण गरिने सेनिटरी प्याडले सँधैको खाँचो नटर्ने भएपनि सचेतनाको लागि कार्यक्रम गरिएको उनले प्रष्ट्याइन् ।

     

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.