चितवन । चितवनमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा हेटौडा नगरपालिका वडा नम्बर ११ का बिजय प्रसाद चौलागाई। सोही स्थान बस्ने वर्ष २४ को सन्तोष बिडारी, अर्जुन मोक्तान र सुर्यमान वाईवा रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार नियमित गस्तिम खटिएको प्रहरी टोलीले ७ बजेर २५ मिनेटमा खैरहनी नगरपालिका ९ स्थित सिमलटाँडीमा शंका लागी ना १४ प ३३२३ र ग १ प २७८५ नं. को मोटरसाईकलमा सवार व्यक्तिहरुलाई चेकजाँच गर्दा उनीहरुको साथबाट लागु औषध बरामद गरिएको थियो । उनीहरुको साथबाट मोटर साईकल चोरहरुले प्रयोग गर्ने एलएङकी समेत फेला परेको छ ।
लागु औषध नाइट्राजेपाम १७५ ट्याव, एलएङकी २ थान र ना १४ प ३३२३ पल्सर र ग ११ प २७८५ को केटीएम ड्युक मोटरसाईकल नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान कार्य भईरहेको छ ।








