चितवन । नारायणी नदिमा एक पुरुषको शव फेला परेको छ । भरतपु १७ गाँजिपुर मदन भण्डारी पार्क नजिक पहिचान खुल्न नसक्ने अवस्थामा हात पाखुरमा रुद्राक्षको माला भएको एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यलय चनौलीले जनाएको छ ।
शव आज दिउसो २ बजे तिर फेला परेको हो । उक्त शवलाइ पोस्टमार्टमको लागी भरतपुर सरकारी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।








