देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र करीब बीस बर्ष पहिला देखी बसोबास गर्दै आउनु भएको ८३ वर्षीय वृद्ध कृष्ण बहादुर न्यौपाने केहि समय देखी बिरामी भएर एक्लै घरमा बसिरहेको अवस्थामा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको नेतृत्वमा देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछाने,देवघाटका समाजसेवी ब्याक्ती रामहरि पुडासैनी,अमृत घिमिरे,सम्राट अधिकारी र देवघाट लियो क्लब अफ चौतारीका अध्यक्ष आत्माराम पाण्डे लगाएको साहेतामा ८३ वर्षीय वृद्धको उद्धार गरि मानव सेवा आश्रममा आज बुझाइएको हो ।
देवघाटको पुरानो झोलुङ्गे पुलमा बसेर आफ्नो दैनिक गुजारा गर्ने सो ८३ वर्षीय वृद्धको दोहोरो कुरा गर्न नसक्ने,कान कम सुन्ने र आँखा पनि कम देख्ने ती वृद्ध विगत २० दिनदेखि बिरामी भएर काठको सामान्य घरमा एक्लै बस्दै आएको थियो। उद्धार क्रममा वृद्धको साथ बाट मागेर जम्मा गरेको पाँच हजार रुपैयाँ पनि मानव सेवा आश्रमलाई नै बुझाएका छ।
वृद्धको कोरोना परीक्षण र स्वास्थ्य उपचार भने देवघाटको धर्मार्थ अस्पतालमा गरिएको थियो स्वास्थ्यमा क्रमिक सुधार र कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आए पछि मानव सेवा आश्रममा लगिएको गाउँपालिकाका अध्यक्ष थापाले बताउए । साथै उहाँले भन्नुभयो‘ हामी आगामी आर्थिक वर्षको बजेटमा मानव सेवा आश्रमलाई पनि निश्चित रुपमा केहि सहयोग रकम बिनियोजन गर्ने विचार रहेकोे बताए ।









