चितवन । किराना व्यवसायी संघ चितवनले राप्तीका विपन्न वर्गका परिवारलाई वितरण वितरण गरेको छ । संघले आज (मंगलबार) राप्ती नगरपालिका ३ धमिलीका १४४ परिवारलाई खाद्यान्न वितरण गरेको हो ।संघले प्रत्येक परिवारलाई एक बोरा चामल, दाल, तेल, नुन र मसला गरि करिब ३ लाख बराबरको खाद्यान्न वितरण गरेको हो ।
राप्ती ३ का वडाध्यक्ष्य राजकुमार उप्रेतीको उपस्थितिमा उक्त खाद्यान्नमा स्थानीयलाई हस्तान्तरण गरिएको संघका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस र जारी निषेधाज्ञाका कारण समस्यामा परेका १४४ परिवारलाई खाद्यान्न सहयोग गरिएको श्रेष्ठले बताए ।
धमिलीमा चेपाङ समुदाय रहेको र उनीहरु समस्या परेको खबर पाएपछि रोगले भन्दा भोकले ज्यान गुमाउने अवस्था सृजना नहोस् भनेर संघ आफै खाद्यान्न बोकेर सहयोगका लागि पुगेको उनले बताए ।व्यवसायीहरुले व्यवसाय सँगसँगै सामाजलाई समस्या पर्दा सहयोगी हात अधि बढाउन पर्ने उनको भनाई छ ।
खाद्यान्न वितरण कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, स्थानीय जनप्रतिनिधि तथा स्थानीयहरुको उपस्तिथि रहेको थियो ।








