चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले निषेधाज्ञा उल्लंघन गरी होटल तथा पसल संचालन गर्नेलाई कारबाही गरेको छ । आज प्रहरीले भरतपुरका ९ जना व्यापार व्यवसायीलाई कारबाही गरेको हो ।
प्रहरी प्रवक्ता तथा सुचना अधिकारी सुर्यबहादुर थापाका अनुसार पटक पटक सचेत गराउँदा पनि वेवास्ता गरि निषेधाज्ञाको उल्लघंन गरि होटल तथा पसल संचालन गरेकोले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको छ ।
५ सय जरिवाना तिरेर उनीहरुलाई छोडिदिएको थापाले बताउनुभयो । पक्राउ परेकाहरु सबै भरतपुर महानगरपालिकाको नै रहेका छन् ।








