गैँडाकोट । नवलपुरमा वैशाख यता कोभिड १९ संक्रमणबाट ५४ जनाको मृत्यु भएको छ । छिमेकमा कोभिडका कारण ज्यानै लिदासम्म स्वास्थ्य मापदण्ड नअपनाई खुलेआम हिंड्नेपनि उत्तिकै छन् । पछिल्लो २४ घण्टामा नवलपुरमा २ जनाले ज्यान गुमाएका छन् । कोभिड १९ बाट हालसम्म ८६ जनाको मृत्यु भएको छ । अझैपनि जिल्लामा कोभिड न्युनिकरण हुन सकेको छैन ।
परिक्षणको दायरा घटेसँग संक्रमण कम देखिएपनि त्यो कम हुन सकेको छैन । नवलपुरमा पछिल्लो २४ घण्टामा १०२ जनालाई कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो २४ घण्टामा गैँडाकोटका २३ जना, देवचुलीका १६ जना, कावासोतीका २१ जना, मध्यविन्दुका ५ जना, विनयी त्रिवेणीका ७ जना, हुप्सेकोटका १ जना, बुलिङटारका २८ जना र अन्य १ जना गरि १०२ जनामा कोरोना देखिएको छ ।
जिल्लामा हालसम्म ६ हजार १८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ९ सय ५ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म २ हजार ५ सय ३९ जना निको भएका छन् । स्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्क अनुसार आज जिल्लाका ११९ जनाले कोरोनालाई जितेका छन् । जिल्लामा हालसम्म मात्रै ५ हजार ८ सय ४२ जनाको परिक्षण गरिएको छ ।








