नवलपुर । नवलपुर जिल्लामा चौँथो पटक फेरी निषेधाज्ञा थपिएको छ । आज बसेको विपत व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले जेठ ३१ गतेसम्म निषेधज्ञा थप गरेको हो । भोलि सोमबार राति १२ वजेबाट सकिदै गरेको निषेधाज्ञा जेष्ठ मसान्त सम्म थप गर्ने निर्णय भएको प्रमुुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।
नवलपुरमा वैशाख २१ गते राति १२ बजेदेखि जेठ ४ राति १२ बजेसम्म पहिलो पटक निषेधाज्ञा जारी भएको थियो । त्यसपछि जेठ १४ राति १२ बजेसम्म थप गरिएको थियो । जेठ १४ पछि जेठ २४ गते राति १२ बजे सम्म निषेधाज्ञा थपिएको थियो जुन भोलि सोमबार राति १२ बजे देखि सकिदै थियो । नवलपुरमा कोरोना संक्रमण दरमा अझै पनि कमि नआएपछि निषेधाज्ञा थप गरिएको पंगेनीले बताउनु भयो ।








