चितवन । कोरोना नियन्त्रणको कामसंगै खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि वजेटको तयारी तीव्र पारेको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि झण्डै १ अर्वको वजेट ल्याउने नगरपालिकाको तयारी छ । वजेटका विषयमा विषयगत समितिहरुको वैठक पनि वसिरहेको छ । त्यस अघि विभिन्न शाखा,विषयगत समितिहरु,वडाका लागि वजेटको सिलिङ तोकेर त्यस भित्र रही कार्यक्रम तयार पार्न भनिएको छ ।
आगामी वर्षका लागि वडाहरुलाई केही वजेट थप गरिदै छ भने विभिन्न शाखामा पनि वजेट थप्ने तयारी भईरहेको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले जानकारी दिए । आन्तरीक श्रोत वढ्दै जाँदा नगरपालिकाले प्रत्येक वर्ष वडागत वजेटमा समेत केही वृद्धी गर्दै आइरहेको छ । नगरका वडाहरुलाई न्युनतम १ करोड २३ लाखदेखी १ करोड ८१ लाख सम्म वजेट विनियोजन गर्ने तयारी छ । ५० प्रतिशत समान रुपमा विनियोजन हुने भएपनि वाँकी ५० प्रतिशतमा ४० प्रतिशत भुगोल,४० प्रतिशत जनसंख्या,१० प्रतिशत राजस्व संकलन र १० प्रतिशत पिछडिएको क्षेत्रलाई आधार वनाएर विनियोजन गरिने मेयर चौधरीले वताए ।
आगामी वर्षका लागि नगरका १३ वटा वडालाई कुल १९ करोड १८ लाख रुपैयाँ विनियोजन गरिदै छ । वडाले प्राप्त गर्ने र विषयगत शाखाहरुले प्राप्त गर्ने वजेटको सिलिङ आईतवार वसेको कार्यपालिका वैठकले पारित गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत एवंम् कार्यपालिकाका सदस्य सचिव चन्द्रकान्त न्यौपानेले जानकारी दिए । वडा कार्यालयहरुलाई जेष्ठ मसान्त भित्र वजेटमा रही कार्यक्रम नगरपालिकामा पेश गर्न समय दिईएको छ । न्यौपानेका अनुसार वजेटको सिलिङ वडा कार्यालयहरुमा पठाईसकेको छ ।
कोरोना संक्रमणको अवस्थालाई मध्य नगर गर्दै खैरहनी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा वजेट वढाउने तयारी गरेको छ । आगामी वर्षका लागि झण्डै ५० लाख रुपैयाँ वृद्धी गर्ने तयारी नगरपालिकाले गरेको हो । आगामी वर्षका लागि स्वास्थ्य तर्फ १ करोड ७५ लाख विनियोजन गरिएको छ । कोरोना संक्रमण नियन्त्रणमा संघीय सरकारले वजेट नपठाएकाले अहिले स्थानीय तहलेनै आफ्नै खर्चमा रोग नियन्त्रणको काम गर्नु परेकाले स्वास्थ्य क्षेत्रमा वजेट वृद्धी गर्न लागिएको नगर प्रमुख लालमणि चौधरीले वताए । विपद,वातावरण तथा फोहोर मैला व्यवस्थापनमा ५० लाख रुपैयाँ वृद्धी गरेर २ करोड पुर्याउने तयारी छ ।
शिक्षा शाखा,महिला तथा वालवालिका शाखा,कृषि,पशु,सामाजिक विकासमा पनि वजेट वृद्धी गर्ने नगरपालिकाकी उपप्रमुख एवमं राजस्व परामर्श समिति संयोजक सुनिता थपलियाले जानकारी दिईन् ।








