चितवन । ८ वर्षीया बालिकालाईबलात्कारगरेको आरोपमा चितवनमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं। ९ बस्दै आएका ३८ वर्षका दिपमान सिहं राई पक्राउ परेका हुन् ।
चितवन प्रहरीका अनुसारतनहुँ घर भरतपुर महानगगरपालिका वडा नं. ७ मा आमा सँग बस्दै आएकी बालिकाबलात्कृत भएकी हुन् । अभियुक्त राईको स्थायी घर उदयपुरको कटारी नगरपालिका वडा नं. २ रहेको चितवन प्रहरीले जनाएको छ ।
बालिकाको परिवारसँग विगत २ वर्षदेखि समान्य चिनजान गरेका राईले कोहि नभएको मौका पारेको करणी गरेका थिए । पक्राउ परेका उनलाई अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।








