चितवन । चितवन उद्योग संघ राप्ती इकाई समितिले राप्ती नगरपालिकाको आ. व. २०७८÷०७९ कोे बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव पेश गरेको छ । सुझाव पत्रलाई चितवन उद्योग संघ राप्ती इकाई समितिका अध्यक्ष टंकप्रसाद उप्रेती र चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले संयुक्त रुपमा राप्ती नगरपालिकाका प्रमुख प्रभा बराललाई हस्तान्तरण गर्नुभएको थियो ।
चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले कार्यक्रमको उद्देश्य सहित संघले अघि सारेका महत्वपूर्ण परियोजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा औद्योगिक नीति निर्माण तथा प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक एवं चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्तीले कृषि तथा पशुपंक्षी सम्बन्धि, उद्योग तथा रोजगारी र सीप विकास, राजश्व परामर्श सम्बन्धि तयार गरिएको सुझावहरुलाई प्रस्तुतिकरण गर्नुभएको थियो ।
सुझाव पेश कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्ष गजेन्द्र अधिकारी, कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, राप्ती नगरपालिकाका जनस्वास्थ्य अधिकृत सुरेश न्यौपाने, सिनियर अनमी निरीक्षक तुलसी अधिकारी, सिनीयर अहेव अधिकृत राममणि सिलवाल, राप्ती इकाई समितिका उपाध्यक्ष सुदिप ओली, युवा उद्यमी मञ्च राप्तीका अध्यक्ष बुद्धिराम चौधरी, इकाई समिति सदस्य चन्द्र प्रकाश पाठक, संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यक्रम अधिकृत विकास भट्टले सञ्चालन गर्नुभएको सुझाव पेश कार्यक्रमलाई चितवन उद्योग संघ राप्ती इकाई समितिका अध्यक्ष टंकप्रसाद उप्रेतीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।








