चितवन । चितवन उद्योग संघ खैरहनी इकाई समितिले खैरहनी नगरपालिकाको आ. व. २०७८÷०७९ कोे बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव पेश गरेको छ । सुझाव पत्रलाई चितवन उद्योग संघ खैरहनी इकाई समितिका अध्यक्ष प्रतिभा श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले संयुक्त रुपमा खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीलाई हस्तान्तरण गर्नुभएको थियो ।
चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले कार्यक्रमको उद्देश्य सहित संघले अघि सारेका महत्वपूर्ण परियोजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा औद्योगिक नीति निर्माण तथा प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक एवं चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्तीले कृषि तथा पशुपंक्षी सम्बन्धि, उद्योग तथा रोजगारी र सीप विकास, राजश्व परामर्श सम्बन्धि तयार गरिएको सुझावहरुलाई प्रस्तुतिकरण गर्नुभएको थियो ।
सुझाव पेश कार्यक्रममा खैरहनी नगरपालिकाका प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, पूर्व अध्यक्ष भिमबहादुर पाण्डे, संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्षहरु सूर्य प्रसाद न्यौपाने, गजेन्द्र अधिकारी, कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, खैरहनी नगरपालिकाका लेखा अधिकृत केशव हुमागाई, संघका सञ्चार अधिकृत राजु भट्ट, कार्यक्रम अधिकृत विकास भट्ट लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको सुझाव पेश कार्यक्रमलाई चितवन उद्योग संघ खैरहनी इकाई समितिका अध्यक्ष प्रतिभा श्रेष्ठले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।








