चितवन । प्रतिबन्धित लागु औषध र नगदसहित भरतपुरबाट एक महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा न. १६ घर भई .वडा नम्बर २ आदर्शनगरमा डेरा गरी बस्ने एलिसा कुँवर रहेकी छिन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार मंगलबार अपरान्ह ३ बजे कुंँवरको डेरा कोठाबाट प्रतिबन्धित लागुऔषध डाइजेपामे ८४ एम्पुल, नुफिन ८२ एम्पुल र फेनेरागन ८१ एम्पुल गरी जम्मा २४७ एम्पुल बरामद गरेको हो ।
उनको साथबाट १७ हजार पांँचसय २५ रुपैयांँ नगद, मोबाईल एक थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ । कुंँवरलाई अदालत बाट म्याद थपेर अनुसन्धान भईरहेको छ ।








