फाईल फोटो
चितवन । चितवनको वरण्डाभार संरक्षित वन क्षेत्रमा वेवारिसे अवस्थामा गैंडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय ,चितवनका प्रमुख पदमराज नेपालका अनुसार वनका हेरालुहरु गस्ती गर्ने क्रममा उक्त खाग फेला परेको हो ।‘
हिजो बेलुका नवजागृति सामुदायिक वन र चर्तुमुखी सामुदायिक वनको सिमानाको मडारिएको घांँसे मैदानमा खाग जस्तो देखिने वस्तु शंका लागेर वनका कर्मचारीले खबर गर्नुभयो ।’ नेपालले भन्नुभयो , आज यसलाई सुरक्षित गरेर ल्याएका छौं ।’
खागको प्रकृति हेर्दा चोरी शिकारी गर्ने उद्धेश्य नभई गैडा आपसमा जुधेर झरेको हुनसक्ने उहांँले बताउनु भयो । खागलाई चितवन राष्ट्रिय निकुञ्ज पठाइने उनले जानकारी दिनुभयो ।








