चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाको लागि असार १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । कोरोना संक्रमण र मृत्युदर घट्दै गएपनि जोखिम अझैपनि कायम रहेको भन्दै निशेधाज्ञा थप गरिएको हो । यसअघि थपिएको निषेधाज्ञा असार ३ गते राती १२ बजे सकिँदै थियो ।
निशेधाज्ञा एक्कासी खुकुलो गर्दा संक्रमणको जोखिम बढ्ने भएकोले निशेधाज्ञा एक साता थप गरिएकोे प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । यसपटक थप गरिएको निशेधाज्ञा केही खुकुलो गर्ने अपेक्षा गरिएपनि अघिल्लो आदेशलाईनै निरन्तरता दिईएको छ । जसअनुसार खाद्यान्न, तरकारी तथा फलफूल, दूध डेरी, माछा÷मासु विक्री गर्ने पसल, अण्डा, चल्ला, दाना, एग्रोभेट, खाना पकाउने ग्यास र निर्माण सामग्री बिक्री गर्ने पसलहरु दैनिक बिहान ६ देखि १० बजेसम्म मात्रै सञ्चालन हुन पाउने छन् ।
दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म पनि खुल्न पाउने आदेशमा जनाईएको छ । दोस्रो लहरमा जारी निशेधाज्ञा यो समेत गरी ६ पटक थपिएको हो ।








