गैँडाकोट । गैँडाकोट नगर अस्पतालको आधुनिक भवन निर्माणको काम सुरु भएको छ । पुरानो क्वाटर भत्काएर अहिले प्रारम्भिक चरणको निर्माण कार्य शुरु भएको अस्पतालका प्रमुख इन्द्रराज शर्माले जानकारी दिनुभयो ।
आधुनिक सेवा सुबिधा सहितको नगर अस्पताल आगामी २ बर्ष तोकिएकै समय सिमामा निर्माण सम्पन्न हुने गरि काम गरिने शर्माले बताउनु भयो । १५ वेडको नगर अस्पताल छनौट भई सरकारद्धारा भौतिक संरचनाको भवन निर्माणका लागि १८ करोड बजेट विनियोजन भएको थियो ।
गत फागुन २७ गते अस्पतालमा आकस्मिक कक्षको नगरप्रमुख छत्रराज पौडेलद्धारा उद्घाटन गरी सेवा दिन थालिएको थियो ।








