• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

कालिकाको नीति तथा कार्यक्रम : आमाविहीन वालवालिकालाई सहयोग देखि कुरिलोको व्यवसायिक खेती सम्म

  •   बिहिबार, असार ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०७८÷७९ का लागि यस नगरपालिकाले आज विहीवार निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । निति कार्यक्रम सार्वजनिक गर्दै नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले आमाविहिन अति विपन्न वालवालिकाहरुलाई विषेश आर्थिक सहयोग गरिने वताए ।

    यो कार्यक्रमले नगर भित्र आमा विहीन रहेका वालवालिकाहरुलाई आर्थिक सहयोग गरिने हुँदा उनीहरुमा राहत महसुस हुने हुने नगरपालिकाको विश्वास छ । त्यस्ता वालवालिकालाई प्रदान गर्ने सहयोग रकम आगामी १० गते पेश हुने वजेटमा प्रस्तुत हुनेछ । कालिकाले अर्को लोकप्रिय कार्यक्रम पनि ल्याएको छ । अपांगता सम्वन्धी ग वर्ग (पहेलो कार्ड ) को परिचय पत्र प्राप्त गरेका अपांगता भएका व्यक्तीहरुलाई मासिक रुपमा भत्ता उपलव्ध गराईने नगरपालिका प्रमुख श्रेष्ठले वताए ।

    अहिले रातो र निलो कार्ड प्राप्त गरेका व्यक्तीअरुले मात्र सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् । नगरपालिकाले ल्याएको निति कार्यक्रममा जेष्ठ नागरीकको सम्मान स्वरुप उनीहरुको मनोरञ्जनका लागि विश्रामस्थल तथा धामिक भ्रमण जस्ता कार्यक्रम समेटिएका छन् । शिक्षाको गुणस्तर वृद्धीका लागि नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा विकास गर्ने कार्यक्रम तय गरि संचालन गर्ने जनाएको छ ।

    कोभिडका कारण अभिभावक गुमाएका छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरिने,प्राविधिक शिक्षा अध्ययन गर्नेहरुलाई छात्रवृत्ती प्रदान गरिने,सामुदायिक विद्यालयहरुलाई वस प्रदान गरिने कालिकाले नगरपालिकाले ल्याएको निति कार्यक्रममा उल्लेख छ । नगरलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न संभावित पर्यटकीय क्षेत्रको विकास गर्ने,सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नगर क्षेत्रको पर्यटकीय स्थल भ्रमण गराउने व्यवस्था मिलाउने,कालिका ९ सेरवासका साथै अन्य क्षेत्रमा निजि क्षेत्रको साझेदारीमा होमस्टे स्थापना गरिने,उदयपुर सामुदायिक वनमा कफी सप सहिको फ्रि बाईफाई जोनको व्यवस्था मिलाईने नगर प्रमुख श्रेष्ठले वताए ।

    कृषि र पशुपालनका क्षेत्रलाई प्राथमिकता दिदै आएको कालिका नगरपालिकाले आगामी वर्ष कुरिलो तथा सोईजन(सितल चिनी ) को व्यवसायिक खेतीलाई प्राथमिकता दिने जनाएको छ । त्यस्तै जग्गा भाडामा लिई सामुहित खेती तथा बोरिग सिंचाई प्रणालीबाट खेती गर्ने कृषकहरुलाई लाग्ने विद्युत महसुलमा आंशिक अनुदान निति अवलम्वन गरिने जनाएको छ । आगामी वर्ष पनि पूर्वाधारलाई प्राथमकिता दिने जनाएको कालिका नगरपालिकाले सवै वडाहरुबाट माग भएका आयोजनाहरुको सुची तयार गरि नगरस्तरीय योजना वैंक तयार गर्ने र आगामी आर्थिक वर्षहमा सोही योजना वैंकबाट आयोजना छनौट गरि कार्यान्वयन गर्दै लैजाने गरि विकास योजना तयार गरिने नगर प्रमुख श्रेष्ठले वताए ।

    नगर सभामा प्रस्तुत गरिएका निति तथा कार्यक्रममा दफाबार छलफल भई आगामी असार १० गते सम्मका लागि नगरसभा स्थगित भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले वताए । कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै १ अर्व वढि वजेट ल्याउँदैछ ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.