• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

रत्ननगरको नीति तथा कार्यक्रम: कोरोना खोप खरिद देखि किसानलाई अनुदानमा गाई वितरण सम्म

  •   आइतबार, असार ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको रत्ननगर नगरपालिकाले १२ वटा महत्वपूर्ण नगरका योजना सहित आर्थिक बर्ष २०७८÷७९ को बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नबौं नगर सभामा सो नगरपालिकाले आगामी आर्थिक बर्षको लागि १ अर्ब २६ करोड ९४ लाख बराबरको बजेट सार्वजनिक गरेको हो । कोरोना खोप खरिद देखि विपन्न किसानलाई अनुदानमा गाई वितरण सम्मका १२ वटा महत्वपूर्ण योजना सार्वजनिक गरिएको हो ।

    नगर प्रमुख नारायण वनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरबासीलाई कोरोनाबाट जोगाउन कोरोना खोप खरिद, मागमा आधारित कृषकलाई गाई वितरण,नगर प्रमुख उद्यमशिलता कार्यक्रम, नगर प्रमुख विशेष कोष,नगर उपप्रमुख संग महिला,सार्वजनिक जग्गा संरक्षण घेराबार कार्यक्रम,रत्ननगर १६ मा पर्यटकीय पार्क निर्माण, टिकौलीचौरमा कृष्णसार संरक्षणका लागि बासस्थान निर्माण,टिकौली इकोपार्क कल्चरल भिलेज,वडा नं ४ का कबर्डहल निर्माण, एम्बुलेन्स तथा सब वहान खरिद र पत्रकार भवन निर्माणलाई महत्वपूर्ण योजनाका रुपमा सार्वजनिक गरिएको छ ।

    गाई वितरणका लागि १ करोड,खोप खरिदका लागि ३० लाख,नगरप्रमुख संग उद्यमशिलताको लागि ५० लाख,नगर प्रमुख विशेषकोषको लागि ९० लाख,उपप्रमुख संग महिला कार्यक्रमका लागि २० लाख,सार्वजनिक जग्गा संरक्षणका लागि २० लाख,नमुना पर्यटकीय पार्क निर्माणको लागि २० लाख,कृष्णसारको बासस्थान निर्माणको लागि २५ लाख,टिकौली इकोकल्चरको लागि १५ लाख,कर्वडहल निर्माणको लागि १० लाख,एम्बुलेन्स÷सबबहान खरिदको लागि ३० लाख र पत्रकार भवन निर्माणको लागि ४ लाख रुपैया विनियोजन गरिएको छ ।

    १२ वटा महत्वपूर्ण योजना सम्पन्न गर्नको लागि ४ करोड १४ लाख रुपैया विनियोजन गरिएको मेयर वनले जानकारी दिए । उपमेयर विमला दुवाडीले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक बर्षको लागि एक अर्ब २६ करोड ९४ लाख रुपैया बराबरको बजेट ल्याइएको जनाइएको छ । कुल बजेट मध्ये आगामी आर्थिक बर्षमा ११ करोड रुपैया आन्तरिक आम्दानीबाट संकलन गर्ने उद्देश्य रहेको उपमेयर दुवाडीले बताइन । आन्तरिक आयको अलवा राजश्व वाडफाँड संघीय तथा प्रदेश सरकारबाट १३ करोड ८९ लाख,अघिल्लो बर्षको नगद मौज्दात २ करोड,समानिकरण अनुदान संघीय तथा प्रदेश सरकारबाट २१ करोड ६७ लाख,सर्शत अनुदान संघीय तथा प्रदेश सरकारबाट ३८ करोड ३८ लाख,जिल्ला समन्वय समिति र सडक वोर्डबाट २ करोड ७३ लाख,सामाजिक सुरक्षाबाट २८ करोड,प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम ३ करोड,उपभोक्ताको नगद सहभागिता १ करोड र अन्य १ करोड २१ लाख रुपैया आन्दानी गर्ने लक्ष्य लिएको छ ।

    आगामी आर्थिक बर्षमा सो नगरपालिकाले आर्थिक विकासमा १ करोड ३२ लाख,सामाजिक विकासमा १ करोड ३२ लाख,पूर्वाधार विकासमा २ करोड २० लाख,वन,वाताबरण तथा विपद् व्यवस्थापनमा ६१ लाख,सुशासन तथा संस्थागत विकासमा २६ लाख,समपुरक तर्फका योजना तथा कार्यक्रममा ४ करोड ६ लाख,जिल्ला समन्वय समिति र सडकवोर्डको कार्यक्रममा २ करोड ७३ लाख,सामाजिक सुरक्षा भत्ता २८ करोड,प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम ३ करोड,नगरका गौरबका योजना तथा कार्यक्रममा ३ करोड ३० लाख,प्रशासनिक तथा चालु खर्च २३ करोड ५० लाख,वडागत चालु तथा पूजिगत कार्यक्रममा १५ करोड २६ लाख र समपुरक कोषमा ३ करोड रुपैया विजियोजन गरेको छ । सो नगरपालिकाले नगर सभा मार्फत कर संकलनलाई प्रभावकारी बनाउन कर छुटको नीति लिएको छ ।

    पर्यटकीय नगरी सौराहामा सफारीको लागि प्रयोग हुँदै आएका हात्तीबाट दिइदै आएको कर छुट दिइएको उपमेयर दुवाडीले जानकारी दिइन । आर्थिक बर्ष २०७७÷७८ को कार्तिक मसान्त सम्म सम्पती कर बुझाएमा १० प्रतिशत छुट, आर्थिक बर्ष २०७७÷७८मा व्यवसायिक प्रयोजनका लागि १० प्रतिशत र आबासीय प्रयोजनका लागि ७ प्रतिशत छुट दिने र वहालकर ३ प्रतिशत लाग्ने नगरपालिकाले जनाएको छ । आर्थिक बर्ष २०७७÷७८ को व्यवसायिक कर कार्तिक मसान्त सम्ममा बुझाएमा २० प्रतिशत र विगतको बक्यौता कार्तिक मसान्त सम्म बुझाएमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए ।

    त्यसैगरी अघिल्ला बर्षका बक्यौतामा १ बर्ष सम्मको बक्यौतामा २० प्रतिशत एक बर्ष भन्दा बढीकोमा ३० प्रतिशत जरिवाना तोकिएको उनले बताए । नगरसभामा विधान समितिका संयोजक तिलकराज शर्मा,पूर्वाधार विकास समितिका संयोजक हरिकुमार श्रेष्ठ,वन,वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलराम दाहाल,सामाजिक विकास समितिका संयोजक केशब आचार्य,आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई,लेखा समितिका संयोजक लालबहादुर भट्ट,सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक चित्रबहादुर भण्डारीले प्रतिबेदन प्रस्तुत गरेका थिए ।

     

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.