• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु सभापतीमा आठजनाको आकंक्षा

  •   सोमबार, असार ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल शुरु भएको छ । जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् । जिल्ला सभापतिमा मात्रै हालसम्म आठ जनाले उम्मेदवार हुने जनाएका छन् । यो सङ्ख्या घटबढ हुनसक्ने बताइएको छ । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा हुने जनाएपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशी सभापतिको दौडमा हुनुहुन्छ ।

    पूर्वसांसद एवं तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुख वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल, नेपाल विद्यार्थी सङ्घका जिल्ला पूर्वअध्यक्ष एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरे तथा प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले सभापतिको उम्मेदवारी दिने बताउनुभएको छ । चितवन क्षेत्र नं १ का महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ का राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषाल सभापतिको चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

    उहाँहरु मध्ये कतिपयले १३औँ महाधिवेशनपछि जिल्ला सभापतिमा चुनाव लड्ने भन्दै तयारी गर्दै आउनुभएको छ । जिल्ला सभापति श्रेष्ठ वडादेखि केन्द्रसम्म उम्मेदवार हुनेहरुले आफ्नो चुनावी प्रचार थालिसकेको बताउनुहुन्छ । चुनाव हुन्छ या हुँदैन भन्ने दोधारका बीच मिति तय भएपछि कोभिडको अवस्थामा पनि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन् । जिल्लामा २७ हजार ८५५ क्रियाशील सदस्य रहेका छन् । तीमध्ये १० हजार ८०७ जना नयाँ हुन् । आजसम्म पुरानाको नवीकरण हुने भएकाले ३०÷४० जना थप हुने अनुमान छ ।

    सबैभन्दा बढी भरतपुर महानगरपालिकामा १५ हजार ६५८ क्रियाशील सदस्य रहेका छन् । दोस्रो धेरै रत्ननगर नगरपालिकामा चार हजार ४०१, खैरहनीमा तीन हजार सात, राप्तीमा एक हजार ३४५, कालिकामा एक हजार ६७८, माडीमा ९०६ र इच्छाकामना गाउँपालिकामा ८६० जना क्रियाशील सदस्य छन् । यसअघि सम्पन्न अधिवेशनमा १९ हजार ६०० क्रियाशील सदस्य रहेकामा १७ हजार १०० को नवीकरण भएको कांग्रेस चितवनले जनाएको छ । नेपाली कांग्रेसको आगामी साउन १२ गते वडा तहमा अधिवेशन हुँदैछ ।

    वडा समिति र क्षेत्रीय प्रतिनिधि वडाबाट चयन हुनेछन् । साउन १६ गते हुने पालिका अधिवेशनबाट पालिका कार्यसमिति र अपाङ्गहरुको क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । साउन २० गते क्षेत्रको प्रदेश समितिको अधिवेशनले प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । साउन २३ गते हुने क्षेत्रको अधिवेशनले क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गर्दैछ । साउन २६ गते हुने जिल्ला अधिवेशनले जिल्ला कार्यसमिति चयन गर्नेछ ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.