चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले चालु आर्थिकबर्ष ०७७, ०७८ को ११ महिनाको अवधिमा कार्यालयले ३६ हजार ४२२ सवारीसाधनलाई कारवाही गरेको छ । यी मध्ये सबैभन्दा बढी १० हजार ६०३ मोटरसाइकल चालक बढी कारबाहीमा परेका छन भने सबै भन्दा सबैभन्दा कम एक हजार ३९४ ट्रेक्टर चालक कारवाहीमा परेका छन ।
कार्यालयका अनुसार यस अवधिमा कारवाहीमा ९ हजार १सय ९८ जीप,कारचालक ,७ हजार ५सय २९ ट्रकट्रिप्पर चालक, ४ हजार १सय ४९ वटा बस र माईक्रो र ३ हजार पांँचसय ४९ टेम्पो र अन्य सवारीसाधन चालक रहेका छन । सवारीसाधन संख्या अनुसार लापरवाही र कारवाही पनि सोही अनुपात बढने भएकोले मोटरसाइकलको बढी र टेक्टरको कारवाही कम भएको कार्यालयका प्रमुख भगवानराज थापाले बताउनु भयो, ।
‘जिल्लामा मोटरसाइकलबाट बढी लापरवाही, दुर्घटना, घाईते पनि यही सवारीसाधनबाट हुन्छ । कारवाही पनि बढी यसैको हुन्छ ।’ थापाले भन्नुभयो । राजश्व संकलन ३ करोड भन्दा बढी कार्यालयले चालु आर्थिक बर्षको ०७७,०७८ जेष्ठ मसान्तसम्म ३ करोड ९ लाख ६५ हजार पांँचसय राजश्व संकलन गरेको छ ।
एघार महिनाको अवधिमा सबै भन्दा बढी राजश्व संकलन माघ महिनामा ४७ लाख १२ हजार ५सय र सबैभन्दा कम ज्येष्ठ महिनामा ९ लाख २३ हजार रुपैयांँ संकलन गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार श्रावण महिनामा ९ लाख २६ हजार , भदौ महिनामा ६ लाख ८४ हजार पांँचसय,असोज महिनामा २९ लाख ७७ हजार पांँचसय, कात्तिक महिनामा ३४ लाख ३० हजार र मंसीर महिनामा ३६ लाख ६३ हजार पांँचसय रुपैयांँ संकलन गरेको छ ।
यसैगरी कार्यालयले पौष महिनामा ४४ लाख ४४ हजार पांँचसय रुपैयांँ,फागुन महिनामा ३१ लाख ६२ हजार पांँचसय,चैत्र महिनामा ३८ लाख १५ हजार पांँचसय र बैशाख महिनामा २२ लाख २५ हजार राजश्व संकलन गरेको छ । पुष भन्दा अघिका महिनामा दुर्घटनाको अनुपात बढ्दै गएका कारण त्यसपछिका महिनाहरुमा बिशेष अभियान चलाईएका कारण माघ महिनामा राजश्व संकलनमा बृद्धि भएको चितवन ट्राफिक प्रहरी प्रमुख थापाले बताउनु भयो ।
‘बिशेषगरी मंसीरसम्म अघि दुर्घटना , घाईते र मृत्यको संख्या बढ्दै गयो थापाले भन्नुभयो , त्यसपछि वाग्मती प्रदेश ट्राफिक र जिल्ला प्रहरी कार्यालयको समन्वयमा चेकजांँचमा थप कडाई गरियो । गतबर्ष लगाईएको लकडाउन पनि खुल्ला भयो ।’ ज्येष्ठ महिनाभर निशेधाज्ञा भएको र अति आवश्यक सवारी मात्र चल्नुका साथै अन्य सवारीसाधनको आगमन नभएकोले राजश्व संकलनमा कमी आएको उहांँले बताउनु भयो ।
‘सार्वजनिक, नीजि सवारी पनि चलेनन, अतिआवश्यक सवारीसाधन मात्रै चल,े उहांँले भन्नुभयो , कारवाही गरिएको भुक्तानी बैंक मार्फत सवारीधनीलाई तिर्न सहज पनि भएन ।’ सबैभन्दा बढी राजश्व संकलन मोटरसाइकलबाट कार्यालयले चालु आवको ज्येष्ठ महिनासम्म सबै भन्दा बढी राजश्व संकलन मोटरसाइकलबाट गरेको छ । भने सबैभन्दा कम राजश्व संकलन टेक्टरबाट संकलन गरेको छ ।
जसअनुसार मोटरसाइकलबाट ११ महिनामा ८९ लाख ११ हजार पांँचसय रुपैयांँ र ट्रेक्टरबाट १२ लाख १ हजार पांँचसय रुपैयांँ राजश्व संकलन गरेको छ । यसैगरी कार्यालयले जीपकारबाट ७९ लाख ३३ हजार रुपैयांँ , ट्रक ट्रिपरबाट ६६ लाख ३६ हजार पांँचसय , बस माइक्रोबाट ३५ लाख ६० हजार र टेम्पोबाट २७ लाख २२ हजार पांँचसय रुपैयांँ राजश्व संकलन गरेको छ ।
कार्यालय प्रमुख थापाले चितवनमा गुड्ने सवारीसाधन मध्ये मोटरसाइकलको संख्या बढी भएको र कारवाही पनि यो सवारीसाधनकै बढी हुनाले मोटरसाइकलबाट बढी राजश्व संकलन हुने बताउनु भयो । ट्रयाक्टरको संख्या र आवागमन पनि कम हुने र बिशेषगरी यी सवारीसाधन ग्रामिण क्षेत्र तिर गुड्ने र ट्राफिक प्रहरकिो पहुंँच कम हुने हुनाले पनि राजव संकलन कम हुने उहांँको भनाई छ ।








