• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चितवनमा सडक दुर्घटनामा एघार महिनामा १२० जनाको मृत्यु, ६४६ घाइते

  •   मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चालु आर्थिक वर्षको साउनदेखि ज्येष्ठ मसान्तसम्म चितवनमा सडक दुर्घटनामा परेर १२० जनाको मृत्यु भएको छ । ६४६ जना घाइते भएका छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ११ महिनाको अवधिमा सबैभन्दा बढी मृत्यु चैत महिनामा भएको छ भने सबैभन्दा कम मृत्यु जेठ र भदौमा भएको छ । सडक दुर्घटनामा परी चैतमा २६ जनाको मृत्यु भएको छ ।

    जेठ र भदौमा तीन/तीनजनाको मृत्यु भएको छ । भदौमा सडक दुर्घटनामा ४६ जना घाइते भएका थिए । यस्तै, मंसिरमा सबैभन्दा बढी १०४ जना घाइते भएका थिए । जेठमा सबैभन्दा कम ३१ जना घाइते भएका कार्यालयले जानकारी दिएको छ ।

    सवारी दुर्घटनामा परेर मंसिरमा १३ जनाको मृत्यु भएको थियो । यस्तै, पुसमा १५ जनाको मृत्यु, ६० घाइते, माघमा १४ जनाको मृत्यु, ६४ घाइते, कात्तिकमा ११ जनाको मृत्यु, ५६ घाइते भएका थिए ।

    यसैगरी, साउन आठजनाको मृत्यु, ३९ घाइते, असोजमा आठजनाको मृत्यु, ६२ घाइते, वैशाखमा १२ जनाको मृत्यु, ४५ घाइते र फागुनमा सातजनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका कार्यालयले जानकारी दिएको छ ।

    कार्यालयका प्रमुख भगवानराज थापाले भने, “विगत पाँच वर्षअगाडिको ट्रेन्ड हेर्ने हो भने मंसिर महिनामा मृत्युको संख्या बढी थियो । तर, गत चैत्रमा भएको एउटै मात्र सवारी दुर्घटनामा आठजनासम्मको मृत्यु भएको छ ।” प्रायः मंसिर महिनामा बिहे, ब्रतवन्ध र मानिसको चहलपहल बढी हुने गरेका कारण यो महिनामा घाइतेको संख्या पनि बढेको उनको भनाइ छ ।

    “यो जेठ महिना त पूरै निषेधाज्ञा जारी भयो, सवारी चाप नभएपछि मानवीय क्षति पनि कम हुने भो,” थापाले भने, “मंसिर महिनामा मानिसको चहलपहल र सवारीचाप पनि बढ्यो । यो महिनामा भिजिविलिटी कम देखिने रहेछ ।”

    सबैभन्दा बढी मृत्यु र घाइते भित्री सडकमा

    चालु आर्थिक वर्षको जेठसम्म सबैभन्दा बढी मृत्यु र घाइते भित्री सडकमा भएका छन् । कार्यालयका अनुसार ११ महिनाको अवधिमा भित्री सडकमा ५३ जनाको मृत्यु भएको छ भने २१८ जना घाइते भएका छन् ।

    यस्तै सबैभन्दा कम मृत्यु र घाइते सहरीखण्डका सडकमा भएका छन् । सहरी सडकखण्डमा यो अवधिमा सातजनाको मृत्यु भएको छ भने ९२ जना घाइते भएका छन् । यस्तै, दोस्रो बढी सवारी दुर्घटनामा पर्ने सडकखण्ड पूर्व–पश्चिम लोकमार्ग रहेको छ ।

    जहाँ एघार महिनाको अवधिमा ३९ जनाको मृत्यु भयो भने १७५ जना घाइते भए । कार्यालयले दिएको तथ्यांकानुसार यस अवधिमा नारायणगढ–मुग्लिन सडकखण्डमा सडक दुर्घटनामा १३ जनाको मृत्यु र १३६ जना घाइते तथा पृथ्वी राजमार्गमा आठजनाको मृत्यु र २५ जना घाइते भएका छन् ।

    कार्यालयका प्रमुख थापाका अनुसार पछिल्लो समय भित्री सडकखण्डहरु विस्तार हुँदै जाने र यातायातको पहुँच बढ्दै गएकोले भित्री सडकमा बढी दुर्घटना भएर मानवीय क्षति हुने गरेको छ । “भित्री सडकमा लापरबाही पनि भयो । ट्राफिक प्रहरीको पहुँच पनि कम भयो ।

    ब्लाइन्ट स्पट पनि भित्री सडकमै छ,” उनले भने । सहरी सडकखण्डमा ठूला सडक, ट्राफिक चेकिङ बढी, सीमित गति र चालक आफैँ संयमित हुने गरेकोले पनि मानवीय क्षति कम हुने गरेको उनको भनाइ छ ।

    सबैभन्दा बढी सवारी दुर्घटना पनि भित्री सडकमै

    चालु आवको ११ महिनाको अवधिमा चितवनमा सबैभन्दा बढी दुर्घटना भित्री सडकमा भएको पाइएको छ । कार्यालयको तथ्यांकानुसार भित्री सडकमा सबैभन्दा बढी १३४ र सबैभन्दा कम २० वटा सवारी दुर्घटना पृथ्वी राजमार्गमा भएको छ । यस्तै, पूर्व–पश्चिम लोकमार्गमा १२३, नारायणगढ–मुग्लिन सडकखण्डमा ६१ र सहरी सडकखण्डमा ५९ वटा सवारी दुर्घटना भएको तथ्यांक छ ।

    प्रमुख थापाले राजमार्ग र सहरी क्षेत्रका सडकभन्दा भित्री सडकहरु साँघुरो, कमजोर संरचना र लापरबाही बढी हुने गरेका कारण बढी दुर्घटना हुने गरेको बताए । “पछिल्लो समय मापसे गर्ने, चेकिङ छल्ने र लाइसेन्सविना सवारी–साधन चलाउनेले भित्री सडक बढी प्रयोग गरेको पाएका छौँ । उनले भने, “यस क्षेत्रमा हाम्रो जनशक्ति र ट्राफिक चिह्न पनि छैनन् ।” सामान्य अवस्थामा चितवन भएर दैनिक झन्डै २५ हजार सवारी–साधन ओहोरदोहोर गर्छन् ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.