चितवन । इलाका प्रहरी कार्यालय, टांँडीमा दरबन्दी भई ईलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत प्रहरी नायब निरीक्षक जीवन कुमार सुनारी सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन । बागमती प्रदेश प्रहरी कार्यालयले उनको कामको कदर गर्दै ‘बेस्ट स्टेट पोलिस अफ द मन्थ’ घोषणा गरेको हो। बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मूल्याङ्कन गरी आफ्नो जिम्मेवारी र काम कुशलता पुर्वक गरेको भन्दै उनलाई बेस्ट स्टेट पोलिस अफ द मन्थ घोषणा गरिएको हो।
उनले ज्येष्ठ महिनामा लागुऔष कारोबार गर्ने गिरोह , २७० केजी गांँजा सहितको ट्रक लागु औषध कारोबारीले प्रयोग गर्ने दुईवटा मोटरसाइकल र औजार सहित ३८ जना प्रतिवादीलाई पक्राउ गरी चितवन जिल्ला अदालतमा कैद भुक्तानको लागि पेश गरेका थिए। यस्तै उनले ज्येष्ठ महिनामा अवैध नदी उत्खनन गर्ने १४ वटा ट्याक्टर र दुईवटा ट्रिपर नियन्त्रण लिई खैरहनी नगरपालिकामा बुझाउन सफल भएका थिए ।
उनको कार्यहरूको उचित मूल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयमा गठन भएको छनोट समितिले उनलाई अभिलेखमा उल्लेख हुने गरी ज्येष्ठ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले जानकारी दिए ।








