चितवन । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण दुई जनाको मृत्यु भएको छ भने १ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पताल र चितवन मेडीकल कलेजमा एक–एक जनाको मृत्यु भएको छ । मृत्यु हुने दुबैजना चितवनकै रहेका छन् । त्यस्तै सङ्क्रमित हुने १ सय ४ मा ८० जना पिसिआर बिधिबाट र २४ जना एन्जिजेन्टबाट पुष्टि भएको हो ।
कार्यालयका अनुसार सङ्क्रमित मध्ये भरतपुर महानगरपालिकाका ६० जना, खैरहनी नगरपालिकाका ९ जना, माडीमा ३ जना, रत्ननगरमा १५ जना, राप्तीमा १० जना, कालिकामा ५ जना र इच्ताकामना गाउँपालिकाका २ जना रहेका छन् ।
जिल्लामा हाल सक्रिय सङ्क्रमित १ हजार २ सय पुगेको जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सक्रिय सङ्क्रमित मध्ये ३४ जना सार्वजनिक आइसोलेसनमा, ९३ जना अस्पतालको आइसोलेसनमा र १ हजार ७३ जना होम आइसोलेसनमा रहेका छन् ।








