चितवन । पूर्वी चितवनको खैरो हिरोइनसहित एक पुरुष व्यक्ति परेका छन । पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नम्बर ६ जमौली बस्ने बर्ष ३२ का दिपक दंगाल रहेका छन । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार लागु औषध खैरो हेरोईन आफ्नो घरमा संचय गरी राखी बिक्री बितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले मंगलबार राती ९ बजे उनको कोठाबाट लागुऔषध बरामद गरेको हो ।
प्रहरीको टोलीले उनको कोठाबाट लागु औषध खैरो हेरोईन प्लाष्टिक सहित तौल गर्दा १२ ग्राम ७१० मिलिग्राम र प्लाष्टिक हटाई खैरो हेरोईन मात्र तौल गर्दा १० ग्राम २२० मिलिग्राम सहित पक्राउ गरिएको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिनुभयो । दंगालको साथबाट प्रहरीले दुईथान मोबाइल र पकेट स्केल लेखिएको एकथान तराजुसमेत बरामद गरेको छ ।
दंगाललाई चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।









