• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

देवघाटको नीति तथा कार्यक्रमः कृषि र पर्यटनलाई प्राथमिकता

  •   बिहिबार, असार १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । देशकै मध्यभागमा रहेको देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले आठौँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देवघाटको विकासका लागि कृषि र पर्यटनलाई प्राथमिकता राखिएको बताउनुभयो ।

    गाउँपालिकाभित्र कृषिमार्फत एक वडा एक नमूना गाउँ कार्यक्रम, फलफूलका लागि प्राविधिक सहयोग, मल, बीउ, भिटामिन, तालिमको व्यवस्था गर्दै कृषिका लागि सिँचाइ कार्यक्रम सञ्चालन गरिने थापाले बताउनुभयो । सुक्खा एवं बाँझो जग्गामा कृषिलाई प्रोत्साहन गरी कृषि उत्पादन र उत्पादकत्व बढाइने, कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिने थापाको भनाइ थियो । उहाँका अनुसार कृषि सहकारीमार्फत सामूहिक खेती, प्राङ्गारिक खाद्य उत्पादन तथा करेसाबारी प्रबद्र्धनलाई प्रोत्साहन गरिने छ ।

    कृषिलाई आर्थिक विकासको मेरुदण्डका रूपमा विकास गर्न एक गाउँ एक उत्पादन तथा कृषि पकेट क्षेत्रको विकास गरिने, जैविक तरकारी तथा फलफूल पकेट क्षेत्र बनाइने, कृषक दर्ता गरी कृषक परिचयपत्र वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै गाउँपालिकाको वडा नं १ मा पशु विकास फार्ममा ‘प्राङ्गारिक खेती भान्सा नै औषधालय’ नमूना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

    गाउँपालिकाले पर्यटनलाई धार्मिक क्षेत्रसँग जोड्दै अघि बढ्नेगरी नीति तथा कार्यक्रम ल्याएको भन्दै अध्यक्ष थापाले वडा नं ५ लाई धार्मिक ग्राम र अन्य वडालाई सांस्कृतिक ग्रामका रुपमा प्रचार प्रसार गरिने बताउनुभयो । धार्मिकस्थल भएका अन्य जिल्लाका पालिकासँग धार्मिक भगिनी सम्बन्ध विस्तार गर्ने कार्यक्रमलाई अगाडि बढाउने थापाको भनाइ छ । गाउँपालिकालाई पर्यटकीय हरित क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।

    नीति तथा कार्यक्रममा कालिगण्डकी र त्रिशूली नदी किनारमा मोटरबोट सञ्चालन तथा आरामदायी रिसोर्ट तथा अन्य सिर्जनात्मक कार्य गर्नका लागि आवश्यक लगानी भित्र्याइने उल्लेख छ । देवघाटको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा पालिकास्तरीय धार्मिक पर्यटन मेला गराइने, होमस्टे ९घरबास० सञ्चालनका लागि प्रोत्साहन गर्ने, गाउँपालिकाको रमणीय स्थल घण्टाचुलीमा पर्यटन पूर्वाधारको विकास गर्ने, छरछरे झरनालाई वन, प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा पर्यटकीय दृष्टिकोणबाट विकास गरिने नीति तथा कार्यक्रममा जनाइएको छ । गाउँपालिकाभित्र मदिरा निषेध गर्ने व्यवस्था गरिने, सबै माध्यमिक विद्यालयमा अनिवार्यरूपमा विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा हुनुपर्नेलगायतका विषयलाई समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

    त्यस्तै देवघाट स्वास्थ्य चौकीको स्तर वृद्धि गरी १० शय्याको अस्पताल बनाउने, गर्भवतीका लागि प्रत्येक महिनाको एक पटक स्वास्थ्य जाँच गराउँदा रु १०० खाजा खर्च प्रदान गरिने, गाउँपालिकाभित्र प्रसूतिगृहलाई २४ सै घण्टा सञ्चालन गर्ने गरी सुविधासम्पन्न गराइने, पालिकाभित्रका सबै सरकारी र निजी स्वास्थ्य संस्था ३६५ दिन नै सञ्चालन गर्नुपर्ने व्यवस्था गरिने पालिका अध्यक्ष थापाले बताउनुभयो ।

    बुधबार गाउँसभामा अध्यक्ष थापाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कार्यपालिका सदस्यहरुले आफ्नो धारणा राख्नका लागि समय माग गरेपछि गाउँसभाको सभाध्यक्ष एवं गाउँपालिका उपाध्यक्षले आज मध्याह्न १२ बजेसम्मका लागि गाउँसभा स्थगित गर्नुभएको छ । देवघाटले प्रस्तुत गरेको नीति तथा कार्यक्रलाई समेट्ने गरी करिब रु ५० करोड बराबरको बजेट ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो । गाउँपालिकाको आन्तरिक आय न्यून भएकाले आय बढाउनका लागि सर्वदलीय छलफल गरेर अगाडि बढिने थापाको भनाइ छ ।रासस

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.