चितवन । भरतपुर अस्पतालको सूचना अधिकारीमा लिलाधर पौडेललाई जिम्मेवारी तोकिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रोशन न्यौपानेले पौडेललाई उक्त जिम्मेवारी तोक्नु भएको हो ।
पौडेललाई अस्पततालका प्रवक्तासँग समन्वय गर्नुका साथै सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा नियमावली २०६५ को अधिनमा रही सूचना सम्प्रेषण गर्न भनिएको छ ।
केही समय अघि पनि पौडेल अस्पतालको सूचना अधिकारी हुनुहुन्थ्यो । पौडेल सूचनामैत्री मानिनुहुन्छ ।









